भोटेकोशी माथिका दुई खोलाको संगममा बन्यो ठूलो ताल, फेरि निम्तिन सक्छ संकट 

SITENAME

११ भदौ २०८३, बिहिबार ।

चीनको जलस्रोत मन्त्रालयले नेपाल नजिक छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा ठूलो ताल बनेको जनाएको छ । छोचेन खोला र पुरेपु त्रिशूली नदी  अन्तर्गतका माथिल्ला सहायक नदीको रुपमा चिनिन्छ ।

यी नदीहरू चीनको तिब्बत स्वायत्त क्षेत्रमा उद्गम भई बग्ने र नेपाल प्रवेश गरेपछि त्रिशूली नदीका मुख्य स्रोत÷शाखा बन्ने गर्छन् । तिब्बतबाट बगेर आउने पुरेपु र छोचेन खोला नेपालको रसुवागढी नजिक प्रवेश गरेपछि भोटेकोशी÷त्रिशूली नदी प्रणालीमा गाभिन्छन् ।

बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी बाहिरिन थालिसकेको बताइएको छ ।

आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान गरिएको छ । जसका कारण तालको बाँध फुट्ने उच्च जोखिम रहेको चीनको केन्द्रीय टेलिभिजनले बिहीबार जनाएको छ ।

सम्भावित बाँध फुट्ने घटनाको तयारी गर्न र आपत्कालीन उद्धार कार्यमा सहयोग पुयाउन चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेकोको ग्लोबल टाइम्सले लेखेको छ ।

सम्भावित बाँध फुटेपछि आउने बाढीको अवस्था अनुमान गर्न बाढीसम्बन्धी विश्लेषण पनि गरिरहेको छ ।

 स्रोत : अनलाईन खबर 

प्रतिकृया दिनुहोस
SITENAME

हरिहरपुरगढीको विकास र प्रर्वद्धनको लागी सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो सिन्धुलीगढी, १५ माघ २०७९, आईतबार / हरिहरपुरगढीको विकास र प्रर्वद्धनको लागी सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

SITENAME

चोरीको मोटर साईकल र स्कुटि सहित सिन्धुलीमा २ जना प्रकाउ

 रेडियो सिन्धुलीगढी, ०६ बैशाख २०७९, मंगलबार /  सिन्धुलीमा चोरीको स्कुटि र मोटर साईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बागमति प्रदेश ०२–०३१

SITENAME

सिन्धुलीमा चोरी मुद्दामा ५ बर्षदेखि फरार रहेका २ जना व्यक्ति पक्राउ

रेडियो सिन्धुलीगढी, १० चैत २०७८, बिहिबार / सिन्धुलीमा चोरी मुद्दामा फरार रहेका २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय