सिन्धुलीमा कृषि कार्यक्रमको सरोकारवालाद्धारा स्थलगत अनुगमन 

SITENAME

रेडियो सिन्धुलीगढी, १० भदौ २०८३, बुधबार ।

कृषि विकास कार्यालय सिन्धुलीको आयोजनामा जिल्लामा विगतमा सञ्चालन भएका कृषि कार्यक्रमको अनुगमन तथा समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने विभिन्न कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले स्थलगत अनुगमन गरिएको छ ।

मंगलबार जिल्लाको कमलामाई नगरपालिका ३ चपौली, सुनकोसी गाउँपालिका ७ नागी र वडा नम्बर ५ बन्दीपुरमा सञ्चालन भइरहेका विभिन्न कृषि कार्यक्रम तथा कृषकले गरिरहेको कृषि उत्पादनको स्थलगत अनुगमन गरिएको हो ।

अनुगमनमा कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामा, उपप्रमुख शान्ता कार्की, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख रविन कोईराला, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख निर्मल दाहाल, बागवानी विकास केन्द्र सिन्धुलीका प्रमुख दिपेन्द्रमणि लामिछाने, कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष नरेश देवकोटा, राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम सिन्धुलीका निमित्त प्रमुख बिनयबाबु काईराला, उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय सिन्धुलीका प्रमुख टेकेन्द्र बहादुर थापा मगर, कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुलीका शाखा प्रबन्धक भुराजपति श्रेष्ठ, सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहाल, पत्रकार लगायतका अन्य सरोकारवालाहरुको सहभागिता थियो ।

अनुगमनका क्रममा कृषकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा तथा अपेक्षा सुन्नुका साथै कृषि विकास कार्यालयबाट प्राप्त सहयोगको प्रभावकारिताबारे जानकारी लिइएको थियो । कृषकहरूले कार्यालयबाट प्राप्त सहयोगले कृषि व्यवसायमा उत्साह थपेको भन्दै आगामी दिनमा पनि थप प्राविधिक तथा आर्थिक सहयोगको अपेक्षा गरेका छन् ।

कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले जिल्लाको कृषि उत्पादनको सम्भावना, कृषकका समस्या र कार्यालयका कार्यक्रमको प्रभावकारिता बुझ्न स्थलगत अनुगमन गरिएको बताउनुभयो ।

May be an image of temple and text that says 'क अनुगमन बागमती प्रदेश सरकार कृषि, पशुपन्दी, वन तथा वातावरण मन् कृषि विकास निर्देशनालय कृषि विकास कार्यालय. सिन्द'

जिल्लाको नीति निर्माण तहमा रहेका व्यक्तिलाई कृषि उत्पादनका सम्भावनायुक्त क्षेत्रको प्रत्यक्ष जानकारी गराउने, कृषकका गुनासा सुन्ने, कार्यालयका कमी कमजोरी पहिचान गर्ने तथा आगामी कार्यक्रमका लागि पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले संयुक्त अनुगमन गरिएको उहाँको भनाइ छ । अधिकारीले भन्नुभयो, “कृषि उत्पादन राम्रो भइरहेका क्षेत्रको वास्तविक अवस्था हेरेर जिल्लालाई कृषिको क्षेत्रमा थप अगाडि बढाउन आवश्यक नीति निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले पनि अनुगमन गरिएको हो ।”

अनुगमन टोलीले कमलामाई नगरपालिका ३ चपौलीमा मागमा आधारित जीविकोपार्जन सहयोग कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको मौरीपालन, सुनकोसी गाउँपालिका ७ नागीमा फलफूल प्रवद्र्धन कार्यक्रम तथा वडा नम्बर ५ बन्दीपुरमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत भइरहेका कृषि गतिविधिको अवलोकन गरेको थियो ।

९० प्रतिशत अनुदानमा मौरीपालन

कमलामाई नगरपालिका ३ चपौलीका कृषक कृष्ण नेपालीले सञ्चालन गर्नुभएको मौरीपालन कार्यक्रमको पनि अनुगमन गरिएको थियो । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८० देखि लागू गरेको मागमा आधारित जीविकोपार्जन सहयोग कार्यक्रम विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

समूहमा आबद्ध हुनैपर्ने बाध्यता नरहेको यस कार्यक्रममा व्यक्ति स्वयं सहभागी हुन सक्ने व्यवस्था छ । कार्यक्रमअन्तर्गत कृषि विकास कार्यालयले ९० प्रतिशत अनुदान उपलब्ध गराउने र लाभग्राहीले १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था रहेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

नेपालीलाई कार्यक्रमअन्तर्गत आठ वटा मौरीसहितका घार, तीन वटा खाली घार तथा मह काढ्न आवश्यक उपकरण उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । कृषक नेपालीले मौरीपालनका लागि थप तालिम आवश्यक रहेको बताएपछि कार्यालयले जिल्लाका मौरीपालक कृषकलाई समेटेर तालिम सञ्चालन गर्ने तयारी गरिरहेको अधिकारीले जानकारी दिनुभयो ।

तरकारी र किवी खेतीबाट बढ्दै आत्मनिर्भरता

May be an image of longanसुनकोसी गाउँपालिका ७ नागी र वडा नम्बर ५ बन्दिपुरमा समूह गठन गरी व्यावसायिक तरकारी तथा फलफूल खेती हुँदै आएको छ । कृषकहरूले व्यावसायिक खेतीबाट अपेक्षाअनुसार आम्दानी गर्न सफल भइरहेको बताएका छन् ।

किवी खेती गरिरहेका कृषक साङ्गे लामाले कृषिकर्मका क्रममा देखिएका समस्या समाधानका लागि स्थानीय तहबाट समेत निरन्तर सहयोग भइरहेको बताउनुभयो । कृषि विकास कार्यालयले नागी मतनवास चालिसे महाभारत किवी फलफूल समूहमा आबद्ध कृषकलाई किवी खेतीमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले अवलोकन भ्रमण, फलफलु खेतीका लागी कृषक समुहलाई २७ सय केजी फलाम अनुदानमा सहयोग र साना सिँचाइ कार्यक्रमअन्तर्गत अनुदानमा पोखरी निर्माणका लागि सहयोग गरेको बाली संरक्षण अधिकृत सुशील श्रेष्ठले जानकारी दिनुभयो ।

सुनकोसी गाउँपालिका ५ का वडा अध्यक्ष सुरथकुमार बसेलले यस क्षेत्रका कृषकले मेहनत गरे उत्पादन सम्भव हुने कुरा यहाँ उत्पादित कृषि उपजले प्रमाणित गरेको बताउनुभयो ।

उहाँले स्थानीयस्तरमा कृषि उत्पादनको सम्भावना उच्च रहेकाले कृषकलाई आवश्यक पूर्वाधार, प्रविधि, सिँचाइ, बजारीकरण तथा प्राविधिक सहयोग उपलब्ध गराउन सके कृषि व्यवसाय थप विस्तार गर्न सकिने धारणा राख्नुभयो ।

May be an image of ‎temple and ‎text that says '‎आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तर्गत रवालाहरुको संयुक ्मन गते मिति: २०८३ 10년 साभिेदार संस्था समह सिं्घुली सुनकोशी गाउंपालिका गाऊ कारयंणालिकाको का्यपलिकाळोकार्यालय कार्यालया रामटार सिंधुली सरकार ما सरकारज र्णम म ADVE‎'‎‎

सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहालले कृषकको साथमा स्थानीय सरकार रहेको बताउँदै कृषकका समस्या समाधान गर्न पालिका सधैँ तत्पर रहेको बताउनुभयो । कृषि उत्पादन वृद्धि, कृषकको आयआर्जन र आत्मनिर्भरता बढाउन पालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस
SITENAME

कमलामाईमा ‘कोरिया–नेपाल मोडेल डेरी भिलेज’ परियोजनाबारे केआरइआई प्रतिनिधिमण्डलसँग छलफल

रेडियो सिन्धुलीगढी, २२ साउन २०८३, शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले रिपब्लिक अफ कोरियाको कोरिया रुरल

SITENAME

तीनपाटनमा सिड्स नेपालको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

रेडियो सिन्धुलीगढी, २४ असार २०८३, बुधबार । सिन्धुलीको तीनपाटन गाउँपालिकाका कृषकहरू परम्परागत रूपमा करेसाबारीमा सीमित खेती गर्ने अवस्थाबाट क्रमशः

SITENAME

सिन्धुलीका १ सय ८० कृषकलाई बर्षे घाँसको बीउ वितरण 

रेडियो सिन्धुलीगढी, १७ चैत २०८२, मंगलबार । पशु सेवा कार्यालय सिन्धुलीले जिल्लाका पशुपालक कृषकहरुलाई वर्षे घाँसको बीउ वितरण गरेको छ । कार्यालयले