सिन्धुलीका १ सय ८० कृषकलाई बर्षे घाँसको बीउ वितरण

रेडियो सिन्धुलीगढी, १७ चैत २०८२, मंगलबार ।
पशु सेवा कार्यालय सिन्धुलीले जिल्लाका पशुपालक कृषकहरुलाई वर्षे घाँसको बीउ वितरण गरेको छ । कार्यालयले सोमबार १ सय ८० जना कृषकलाई मकैचरी, सुडान र बजरा जातका घाँसका बीउ वितरण गरेको हो ।
आउँदो शनिबारसम्म वितरण गर्ने योजना रहे पनि कृषकहरूको अत्यधिक मागका कारण सोमबार नै ल्याइएको सम्पूर्ण बीउ सकिएको पशु सेवा कार्यालय सिन्धुलीका पशु विकास अधिकृत जगदेव राउतले जानकारी दिनुभयो । उहाँका अनुसार कृषकलाई वर्षमा तीन पटक घाँसको बीउ वितरण गरिने छ ।
पशुका लागि घाँसको अभाव पूर्ति गर्न, वर्षभर हरियो घाँस उपलब्ध गराई पशु उत्पादन वृद्धि गर्न, दूध तथा मासु उत्पादनमा सुधार ल्याउन, कृषकको आयआर्जन वृद्धि गर्न तथा व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने उद्देश्यले बीउ वितरण गरिएको पशु विकास अधिकृत राउतले जानकारी दिनु भयो ।
यसैबीच, पशु सेवा कार्यालय रामेछापबाट पनि मंगलबारदेखि चैत २२ गतेसम्म घाँसको बीउ वितरण गरिने जनाइएको छ ।

सिन्धुलीमा कृषि कार्यक्रमको सरोकारवालाद्धारा स्थलगत अनुगमन
रेडियो सिन्धुलीगढी, १० भदौ २०८३, बुधबार । कृषि विकास कार्यालय सिन्धुलीको आयोजनामा जिल्लामा विगतमा सञ्चालन भएका कृषि कार्यक्रमको अनुगमन तथा समीक्षा

कमलामाईमा ‘कोरिया–नेपाल मोडेल डेरी भिलेज’ परियोजनाबारे केआरइआई प्रतिनिधिमण्डलसँग छलफल
रेडियो सिन्धुलीगढी, २२ साउन २०८३, शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले रिपब्लिक अफ कोरियाको कोरिया रुरल

तीनपाटनमा सिड्स नेपालको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न
रेडियो सिन्धुलीगढी, २४ असार २०८३, बुधबार । सिन्धुलीको तीनपाटन गाउँपालिकाका कृषकहरू परम्परागत रूपमा करेसाबारीमा सीमित खेती गर्ने अवस्थाबाट क्रमशः






प्रतिकृया दिनुहोस