स्वर्णिम भविष्य बचत तथा ऋण सहकारीको १८ औँ वार्षिक साधारण सभा सम्पन्न

रेडियो सिन्धुलीगढी, १३ भदौ २०८३, शनिबार ।
स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णबहादुर श्रेष्ठको अध्यक्षता तथा कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको साधारण सभा शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको हो ।
साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष बलबहादुर श्रेष्ठले तथा प्रगति प्रतिवेदन सचिव नवराज श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमार्फत गत आर्थिक वर्षमा सञ्चालन गरेका गतिविधि, हासिल गरेका उपलब्धि तथा आगामी वर्षका योजनाबारे जानकारी गराइएको थियो ।
संस्थाले गत आर्थिक वर्षमा सम्पूर्ण खर्च कटाएर ५८ लाख ५१ हजार ४ सय २० रुपैयाँ प्रतिफल कमाउन सफल भएको जनाएको छ । आगामी आर्थिक वर्षमा उक्त प्रतिफललाई बढाएर १ करोड ७० लाख ३३ हजार रुपैयाँ पु¥याउने लक्ष्य संस्थाले लिएको छ ।
साधारण सभाका अवसरमा सात जना ज्येष्ठ सदस्यलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै थर्मस प्रदान गरिएको थियो । त्यस्तै संस्थामा कार्यरत उत्कृष्ट कर्मचारी, नियमित बचत गर्ने तथा उत्कृष्ट कारोबार गर्ने सदस्य र पूर्वसञ्चालकलाई समेत सम्मान गरिएको थियो ।
संस्थाका स्वर्गीय पूर्वअध्यक्षको स्मृतिमा स्थापना गरिएको श्रीकेदारमान स्मृति प्रतिष्ठान अक्षयकोषबाट पञ्चकन्या माध्यमिक विद्यालय, कुडुलेका पाँच जना जेहेन्दार विद्यार्थीलाई स्टेशनरी सामग्रीसमेत प्रदान गरिएको थियो ।
सहकारी क्षेत्रको प्रवद्र्धन तथा विकासमा पत्रकारितामार्फत सुचना तथा समाचार सम्प्रेषण गरि पु¥याएको योगदानको कदर गर्दै रेडियो सिन्धुलीगढीमा कार्यरत पत्रकार मेनुका बुढाथोकीलाई सम्मान गरिएको थियो । यस्तै, सहकारी क्षेत्रमा पु¥याएको योगदानको सम्मानस्वरूप कमलामाई नगरपालिकाका सहकारी शाखा प्रमुख मुकेश तामाङलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले नगरभित्र रहेका सहकारी संस्थालाई बलियो, मर्यादित, पारदर्शी र व्यवस्थित बनाउँदै लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारी संस्थाले सदस्यको हितसँगै वित्तीय अनुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
साधारण सभाले रिक्त रहेको सहसचिव पदमा सञ्चालक समिति सदस्य चिना कुमारी श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै, खाली रहेको सञ्चालक समिति सदस्य पदमा तुलसा दाहाललाई नियुक्त गरिएको छ ।
यसैबीच, संस्थाले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको छ ।
कार्यक्रममा मिलिजुली सहकारी संस्थाका अध्यक्ष उज्ज्वल ढकाल, जिल्ला सहकारी संघका महासचिव बलराम अधिकारी, विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधि, संस्थाका पूर्व तथा वर्तमान सञ्चालक, लेखा सुपरिवेक्षण समिति तथा उपसमितिका सदस्य, शेयर सदस्य र कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, बाढीमा बेपत्ताभएकाहरुको उद्धारमा जुट्न आग्रह
सिन्धुली, १२ भदौ २०८३, शुक्रबार । रसुवाको भोटेकोशी, त्रिशुली हुँदै नारायणी नदी तटीय क्षेत्रमा आएको विध्वंसकारी बाढीले पु¥याएको आर्थिक, भौतिक तथा

रसुवा बाढीपीडितका लागि सिन्धुलीका दुई विद्यालयद्वारा सहयोग
सिन्धुली, ११ भदौ २०८३, बिहिबार । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि सिन्धुलीका दुई विद्यालयले

रसुवा बाढीपीडितका लागि सिन्धुलीका दुई विद्यालयद्वारा सहयोग
सिन्धुली, ११ भदौ २०८३, बिहिबार । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि सिन्धुलीका दुई विद्यालयले






प्रतिकृया दिनुहोस