जलनपीडित नगरबासीको निःशुल्क उपचारका लागी दुधौली नगरपालिका र कीर्तिपुर अस्पताल बिच सम्झौता 

SITENAME

रेडियो सिन्धुलीगढी, २८ साउन २०८३, बिहिबार ।

सिन्धुलीको दुधौली नगरपालिकाले जलनबाट पीडित नगरवासीको उपचार निःशुल्क गराउन कीर्तिपुर अस्पतालसँग सम्झौता गरेको छ । दुधौली नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थारु तथा जनस्वास्थ्य सरोकार ट्रष्ट नेपाल, कीर्तिपुर अस्पतालका तर्फबाट अस्पताल निर्देशक डा. किरण किशोर नकर्मीले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त र लेखा प्रमुख अमृत खनालले साक्षीका रूपमा हस्ताक्षर गरेका छन् ।

दुधौली नगरपालिका र जनस्वास्थ्य सरोकार ट्रष्ट नेपालअन्तर्गतको कीर्तिपुर अस्पतालबीच भएको सम्झौता अनुसार दुधौलीका स्थायी बासिन्दाले जलनसम्बन्धी उपचारका लागि नगरपालिकाको सहयोग पाउनेछन् । 

सम्झौता अनुसार दुधौली नगरपालिकाका स्थायी बासिन्दा तथा नगरपालिकाका कर्मचारीलाई लक्षित गरी जलनसम्बन्धी उपचार सेवा उपलब्ध गराइनेछ । आर्थिक रूपमा विपन्न, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक, हिंसा पीडित, एकल महिला, विपन्न तथा लक्षित वर्गका नागरिकलाई नगरपालिकाको सिफारिसका आधारमा उपचार सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

सम्झौताअनुसार जलनसम्बन्धी जाँच, उपचार तथा व्यवस्थापनका लागि दुधौली नगरपालिकाले ‘जलन उपचार तथा व्यवस्थापन’ शीर्षकमा १० लाख रुपैयाँको उपचार कोष स्थापना गर्नेछ । उक्त कोषबाट सम्झौतामा तोकिएको प्रक्रिया र अस्पतालले उपलब्ध गराएको आवश्यक कागजात तथा बिलका आधारमा उपचार खर्च भुक्तानी गरिनेछ ।

जलन उपचार सेवा लिनका लागि बिरामीले दुधौली नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित कागजात वा नागरिकता/मतदाता परिचयपत्र पेश गर्नुपर्नेछ। नगरपालिकाका कर्मचारीका परिवारका हकमा कर्मचारी परिचयपत्र, बिरामी भर्ना तथा डिस्चार्जसम्बन्धी कागजात र अन्तिम उपचार बिलको प्रतिलिपि आवश्यक पर्ने सम्झौतामा उल्लेख छ।

सम्झौतामा जलनसम्बन्धी उपचारको अतिरिक्त दुर्घटना हुन नदिन, दुर्घटना भएलगत्तै गर्नुपर्ने प्राथमिक उपचार तथा उद्धारसम्बन्धी तालिम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने विषयसमेत समेटिएको छ। यस्ता कार्यक्रम दुवै पक्षको समन्वय र सहमतिमा सञ्चालन गरिनेछ ।

त्यस्तै, जलन उपचार कोषमा रहेको रकमको खर्च, सोधभर्ना तथा थप बजेट आवश्यकताका विषयमा दुवै पक्षबीच कम्तीमा वर्षमा एकपटक छलफल तथा बैठक गर्ने सहमति भएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

२१ मिटरमै घर नक्सा पास गर्ने निर्णय कार्यान्वयन गरिछाड्ने नगरप्रमुख पोखरेलको प्रतिबद्धता

रेडियो सिन्धुलीगढी, २७ साउन २०८३, बुधबार । सिन्धुलीको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले विपी राजमार्गको केन्द्रविन्दुबाट २१

SITENAME

गौमती माविमा १८ बर्ष मुनिको अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिता सम्पन्न 

रेडियो सिन्धुलीगढी, २५ साउन २०८३, सोमबार । सिन्धुलीको कमलामाई नगरपालिका ६ मा अवस्थिति गौमती माध्यमिक विद्यालयको प्राङ्गणमा संचालित १८ बर्ष मुनिको

SITENAME

एसईईमा उत्कृष्ट अंक ल्याउँने विद्यार्थीलाई सम्मानको साथमा शुभकामना आदान–प्रदान गर्दै ३२ औँ विश्व आदिवासी दिवस मनाईयो 

रेडियो सिन्धुलीगढी, २४ साउन २०८३, आईतबार । नेपाल आदिवासी जनजाति महासंघ, कमलामाई नगर समन्वय परिषद सिन्धुलीले ३२ औँ विश्व आदिवासी दिवस मनाएको छ ।