२१ मिटरमै घर नक्सा पास गर्ने निर्णय कार्यान्वयन गरिछाड्ने नगरप्रमुख पोखरेलको प्रतिबद्धता

रेडियो सिन्धुलीगढी, २७ साउन २०८३, बुधबार ।
सिन्धुलीको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले विपी राजमार्गको केन्द्रविन्दुबाट २१ मिटरमै स्थायी संरचनाका लागी घर नक्सा पास गर्ने निर्णय कार्यान्वयनका क्रममा जस्तोसुकै दबाब वा चुनौती आएपनि पछाडी नहट्ने बताउँनु भएको छ । हिजो (मंगलबार) आफ्नो सामाजिक संञ्जाल फेसबुकमा मार्फत उहाँले यस्तो बताउँनु भएको हो ।
बर्षौदेखि अन्योलमा रहेको नागरिकको समस्या समाधान गर्ने उदेश्यले नगर कार्यापालिकाबाट निर्णय भईसकेको बताउँदै उहाँले यस निर्णयलाई कानुनी प्रक्रियाभित्र रहेर दृढतापुर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाउँनु भएको छ ।
उहाँले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्नु भएको छ, “पद र सुविधा क्षणिक हुन् तर जनताको विश्वास र सेवा गर्ने जिम्मेवारी मेरो लागी सर्वोच्च हो, जनताको पक्षमा गरिएको निर्णय कार्यान्वयन गर्दा जेल जानुपर्ने अवस्था आएपनि म पछि हट्दिनँ ।”

जलनपीडित नगरबासीको निःशुल्क उपचारका लागी दुधौली नगरपालिका र कीर्तिपुर अस्पताल बिच सम्झौता
रेडियो सिन्धुलीगढी, २८ साउन २०८३, बिहिबार । सिन्धुलीको दुधौली नगरपालिकाले जलनबाट पीडित नगरवासीको उपचार निःशुल्क गराउन कीर्तिपुर अस्पतालसँग

गौमती माविमा १८ बर्ष मुनिको अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिता सम्पन्न
रेडियो सिन्धुलीगढी, २५ साउन २०८३, सोमबार । सिन्धुलीको कमलामाई नगरपालिका ६ मा अवस्थिति गौमती माध्यमिक विद्यालयको प्राङ्गणमा संचालित १८ बर्ष मुनिको

एसईईमा उत्कृष्ट अंक ल्याउँने विद्यार्थीलाई सम्मानको साथमा शुभकामना आदान–प्रदान गर्दै ३२ औँ विश्व आदिवासी दिवस मनाईयो
रेडियो सिन्धुलीगढी, २४ साउन २०८३, आईतबार । नेपाल आदिवासी जनजाति महासंघ, कमलामाई नगर समन्वय परिषद सिन्धुलीले ३२ औँ विश्व आदिवासी दिवस मनाएको छ ।







प्रतिकृया दिनुहोस