गौमती माविमा १८ बर्ष मुनिको अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

रेडियो सिन्धुलीगढी, २५ साउन २०८३, सोमबार ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ मा अवस्थिति गौमती माध्यमिक विद्यालयको प्राङ्गणमा संचालित १८ बर्ष मुनिको अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिता “सिजन तीन” सम्पन्न भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ गौमती बालक्लबद्धारा आयोजित प्रतियोगिता हिजो आईतबार सम्पन्न भएको हो ।
गत शुक्रबारबाट सुरु भएका प्रतियोगितामा गौमती मा.विको “ए” र “बि” टिम गरी दुई टिमको सहभागीता रहेको थियो भने अरु ९ वटा विद्यालयका ९ वटा टिम गरि जम्मा ११ वटा टिमको सहभागीता रहेको थियो ।
हिजो आईतबार आधुनिका बोर्डिङ स्कुल र गौमति मावि बिच फाइनल खेल भएको थियो । जसमा गौमति माविलाई हराउँदै आधुनिक बोर्डिङ स्कुल प्रथम भएको छ । प्रतियोगिताबाट सिद्धबाबा अंग्रेजी आवासिय माध्यमिक विद्यालय तृतीय भएको छ । प्रथम, द्धितीय र तृतीय भएका विद्यालयलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
स्थानीय स्तरमा खेलकुदको विकास, युवा प्रतिभाको पहिचान तथा विद्यार्थीहरूबीच भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको विद्यालयले जनाएको छ । प्रतियोगिता आयोजनाका लागी स्थानीय विभिन्न व्यावसायिक तथा सामाजिक संघ–संस्थाहरूले सहयोगीको रूपमा सहकार्य गरेका थिए ।




जलनपीडित नगरबासीको निःशुल्क उपचारका लागी दुधौली नगरपालिका र कीर्तिपुर अस्पताल बिच सम्झौता
रेडियो सिन्धुलीगढी, २८ साउन २०८३, बिहिबार । सिन्धुलीको दुधौली नगरपालिकाले जलनबाट पीडित नगरवासीको उपचार निःशुल्क गराउन कीर्तिपुर अस्पतालसँग

२१ मिटरमै घर नक्सा पास गर्ने निर्णय कार्यान्वयन गरिछाड्ने नगरप्रमुख पोखरेलको प्रतिबद्धता
रेडियो सिन्धुलीगढी, २७ साउन २०८३, बुधबार । सिन्धुलीको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले विपी राजमार्गको केन्द्रविन्दुबाट २१

एसईईमा उत्कृष्ट अंक ल्याउँने विद्यार्थीलाई सम्मानको साथमा शुभकामना आदान–प्रदान गर्दै ३२ औँ विश्व आदिवासी दिवस मनाईयो
रेडियो सिन्धुलीगढी, २४ साउन २०८३, आईतबार । नेपाल आदिवासी जनजाति महासंघ, कमलामाई नगर समन्वय परिषद सिन्धुलीले ३२ औँ विश्व आदिवासी दिवस मनाएको छ ।






प्रतिकृया दिनुहोस