एसईईमा उत्कृष्ट अंक ल्याउँने विद्यार्थीलाई सम्मानको साथमा शुभकामना आदान–प्रदान गर्दै ३२ औँ विश्व आदिवासी दिवस मनाईयो

रेडियो सिन्धुलीगढी, २४ साउन २०८३, आईतबार ।
नेपाल आदिवासी जनजाति महासंघ, कमलामाई नगर समन्वय परिषद सिन्धुलीले ३२ औँ विश्व आदिवासी दिवस मनाएको छ । ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ एसईईमा उत्कृष्ट अंक ल्याउँने विद्यार्थीलाई सम्मानको साथमा शुभकामना आदान–प्रदान गर्दै दिवस मनाएको हो ।
दिवसको अवसरमा ¥यालीसमेत निकालिएको थियो । ¥यालीमा कमलामाई नगरपालिकामा रहेका विभिन्न आदिवासी जनजाति समुदायका सहभागीहरू आ–आफ्नो जातीय पहिचान झल्कने भेषभूषामा सहभागी भएका थिए।
¥याली पश्चात नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउँने एक जना छात्रा र एक जना छात्रलाई नगद सहित सम्मान गरिएको थियो । साथमा दिवसको अवसमा शुभकामना पनि आदान प्रदान गरिएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ, कमलामाई नगर समन्वय परिषद सिन्धुलीका अध्यक्ष कर्ण बहादुर सुनुवारको अध्यक्षता तथा कमलामाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकामा रहेको १० वटा आदिवासी जनजातिहरुको संगठनको उपस्थिति रहेको थियो।

जलनपीडित नगरबासीको निःशुल्क उपचारका लागी दुधौली नगरपालिका र कीर्तिपुर अस्पताल बिच सम्झौता
रेडियो सिन्धुलीगढी, २८ साउन २०८३, बिहिबार । सिन्धुलीको दुधौली नगरपालिकाले जलनबाट पीडित नगरवासीको उपचार निःशुल्क गराउन कीर्तिपुर अस्पतालसँग

२१ मिटरमै घर नक्सा पास गर्ने निर्णय कार्यान्वयन गरिछाड्ने नगरप्रमुख पोखरेलको प्रतिबद्धता
रेडियो सिन्धुलीगढी, २७ साउन २०८३, बुधबार । सिन्धुलीको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले विपी राजमार्गको केन्द्रविन्दुबाट २१

गौमती माविमा १८ बर्ष मुनिको अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिता सम्पन्न
रेडियो सिन्धुलीगढी, २५ साउन २०८३, सोमबार । सिन्धुलीको कमलामाई नगरपालिका ६ मा अवस्थिति गौमती माध्यमिक विद्यालयको प्राङ्गणमा संचालित १८ बर्ष मुनिको







प्रतिकृया दिनुहोस