गोलन्जोर गाउँपालिका ५ मा हाईस दुर्घटना हुँदा ४ जना घाईते, २ जनाको अवस्था गम्भिर

रेडियो सिन्धुलीगढी, २३ साउन २०८३, शनिबार ।
विपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ छब्बिसमा हाईस ब्रेक फेल भई सडकको नालामा परी दुर्घटना हुँदा हाईसमा सवार ४ जना घाईते भएका छन् । आज (शनिबार) १.४५ बजेको समयमा मोरङबाट काठमाण्डौ तर्फ जादै गरेको बा ५ ख ५९८४ नम्बरको हाईस फेल भई सडकको नालामा परी दुर्घटना भएको थियो।
दुर्घटनामा परि घनुषाको गणेशमान नगरपालिका ७ बस्ने २२ की रुवी साह, मोरङको सुन्दर हरैचा नगरपालिका १२ बस्ने १९ बर्षीय समित भुजेल, सोहि स्थानका २० बर्षीय उज्वल चौधरी र सुनसरीको इटहरी उपमहानगरपालिका १७ बस्ने ४२ बर्षीय दुर्गानन्द शर्मा घाईते भएका छन् ।
घाईते भएका रुवी साहको टाउको र अनुहारमा, समित भुजेलको शरीरका विभिन्न भागमा चोट लागेको र दुवैको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । प्रहरीका अनुसार उज्वल चौधरीको दुबै खुट्टामा र दुर्गानन्द शर्माको दुवै हातमा चोट लागेको र उनीहरुको अवस्था समान्य रहेको छ।
घाईतेहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भईरहेको छ । मोरङको बेलबारी नगरपालिका ३ बस्ने २५ बर्षीय हाईस चालक उमेश श्रेष्ठ प्रहरी चौकी गडीको नियन्त्रणमा रहेका छन् भने गाडी घटनास्थलमै रहेको छ । गाडीमा १४ जना सवार थिए ।

जलनपीडित नगरबासीको निःशुल्क उपचारका लागी दुधौली नगरपालिका र कीर्तिपुर अस्पताल बिच सम्झौता
रेडियो सिन्धुलीगढी, २८ साउन २०८३, बिहिबार । सिन्धुलीको दुधौली नगरपालिकाले जलनबाट पीडित नगरवासीको उपचार निःशुल्क गराउन कीर्तिपुर अस्पतालसँग

२१ मिटरमै घर नक्सा पास गर्ने निर्णय कार्यान्वयन गरिछाड्ने नगरप्रमुख पोखरेलको प्रतिबद्धता
रेडियो सिन्धुलीगढी, २७ साउन २०८३, बुधबार । सिन्धुलीको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले विपी राजमार्गको केन्द्रविन्दुबाट २१

गौमती माविमा १८ बर्ष मुनिको अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिता सम्पन्न
रेडियो सिन्धुलीगढी, २५ साउन २०८३, सोमबार । सिन्धुलीको कमलामाई नगरपालिका ६ मा अवस्थिति गौमती माध्यमिक विद्यालयको प्राङ्गणमा संचालित १८ बर्ष मुनिको







प्रतिकृया दिनुहोस