ग्यास वितरणमा अनियमितता भए कानुन बमोजिम कारबाही गरिने छ : जिल्ला प्रशासन कार्यालय सिन्धुली 

SITENAME

रेडियो सिन्धुलीगढी, २२ साउन २०८३, शुक्रबार ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले ग्यास सिलिन्डरहरु स्टक हुँदा हुँदै छैन भन्ने, लुकाई छिपाई गर्ने, बढी मुल्य लिने, आफु निकटका व्यक्ति, होटल वा व्यवसायी तथा ग्राहकरुलाई मात्र बिक्री वितरण गर्ने क्रियाकलाप गरेको पाईएमा कानुन बमोजिम कारबाही गरिने बताएको छ । प्रशासनले आज (शुक्रबार) एक सूचना जारी गर्दै जिल्लाभित्र खाना पकाउने एलपि ग्यास सिलिन्डर विक्री वितरण गर्ने विभिन्न डिपो, पसल, कम्पनीबाट सहज रुपमा ग्यास प्राप्त नभएको गुनासो आएपछि प्रशासनले यस्तो बताएको हो ।

प्रशासनले ग्यासको आपुर्ति सम्बन्धमा प्रशासन तथा अधिकार प्राप्त अन्य निकायबाट नियमित अनुगमन तथा सुक्ष्म निगरानी भइरहेको जनाएकोे छ । उपभोक्ताको हकहितलाई मध्यनजर गर्दै सहज, नियमित  र नियमबद्ध तरिकाबाट ग्यास सिलिन्डर विक्रि वितरण गर्न पसल, कम्पनी वा संस्थाहरुलाई अनुरोध गरेको छ ।

साथै, ग्यास विक्री वितरणका सम्बन्धमा बजारमा कुनै गलत, अनियमितता गतिविधि तथा क्रियाकलाप भएको थाहा पाएमा प्रशासन कार्यालयको फोन नम्बर ९८५४०७७७१३, ९८४२४७३३३३ र जिल्ला प्रहरी कार्यालयको फोन नम्बर ९८५४०६५५५६ मा सम्पर्क गरि सुचना तथा जानकरी दिन सर्वसाधारण तथा उपभोक्ताहरुलाई अनुरोध गरेको छ ।

 

 

May be an image of text

प्रतिकृया दिनुहोस
SITENAME

जलनपीडित नगरबासीको निःशुल्क उपचारका लागी दुधौली नगरपालिका र कीर्तिपुर अस्पताल बिच सम्झौता 

रेडियो सिन्धुलीगढी, २८ साउन २०८३, बिहिबार । सिन्धुलीको दुधौली नगरपालिकाले जलनबाट पीडित नगरवासीको उपचार निःशुल्क गराउन कीर्तिपुर अस्पतालसँग

SITENAME

२१ मिटरमै घर नक्सा पास गर्ने निर्णय कार्यान्वयन गरिछाड्ने नगरप्रमुख पोखरेलको प्रतिबद्धता

रेडियो सिन्धुलीगढी, २७ साउन २०८३, बुधबार । सिन्धुलीको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले विपी राजमार्गको केन्द्रविन्दुबाट २१

SITENAME

गौमती माविमा १८ बर्ष मुनिको अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिता सम्पन्न 

रेडियो सिन्धुलीगढी, २५ साउन २०८३, सोमबार । सिन्धुलीको कमलामाई नगरपालिका ६ मा अवस्थिति गौमती माध्यमिक विद्यालयको प्राङ्गणमा संचालित १८ बर्ष मुनिको