कमलामाईमा ‘कोरिया–नेपाल मोडेल डेरी भिलेज’ परियोजनाबारे केआरइआई प्रतिनिधिमण्डलसँग छलफल

रेडियो सिन्धुलीगढी, २२ साउन २०८३, शुक्रबार ।
सिन्धुलीको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले रिपब्लिक अफ कोरियाको कोरिया रुरल इकोनोमिक इन्स्टिच्युट (केआरइआई) का प्रतिनिधिमण्डलसँग भेटघाट तथा छलफल गर्नुभएको छ । आज (शुक्रबार) नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारी, पशु शाखा प्रमुख रोशन कोईराला, सामान्य प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी सागर कुमार ढकाल लगायतकोे उपस्थितिमा (केआरइआई) का प्रतिनिधिमण्डलसँग भेटघाट तथा छलफल गर्नुभएको हो ।
भेटका क्रममा “कोरिया–नेपाल मोडेल डेरी भिलेज” परियोजनाको प्रभावकारी कार्यान्वयन, आधुनिक दुग्ध उत्पादन प्रणाली, किसानको आम्दानी वृद्धि, अत्याधुनिक डेरी पूर्वाधार विकास, प्रविधि हस्तान्तरण, रोजगारी सिर्जना तथा कमलामाईलाई नेपालकै नमुना डेरी नगरका रूपमा विकास गर्ने सम्भावनाबारे विस्तृत छलफल भएको थियो ।
छलफलका क्रममा नगर प्रमुख पोखरेलले यो भेट केवल औपचारिक कार्यक्रम मात्र नभई कमलामाईका किसानको भविष्य उज्ज्वल बनाउने, युवालाई रोजगारीका अवसर सिर्जना गर्ने तथा समृद्ध नगर निर्माणतर्फको महत्वपूर्ण सुरुवात भएको बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय सहकार्यसँगै स्थानीय स्रोत, सीप र सम्भावनालाई जोडेर कमलामाईलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने अभियान निरन्तर अगाडि बढिरहेको समेत बताउँनु भयो ।

सिन्धुलीमा कृषि कार्यक्रमको सरोकारवालाद्धारा स्थलगत अनुगमन
रेडियो सिन्धुलीगढी, १० भदौ २०८३, बुधबार । कृषि विकास कार्यालय सिन्धुलीको आयोजनामा जिल्लामा विगतमा सञ्चालन भएका कृषि कार्यक्रमको अनुगमन तथा समीक्षा

तीनपाटनमा सिड्स नेपालको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न
रेडियो सिन्धुलीगढी, २४ असार २०८३, बुधबार । सिन्धुलीको तीनपाटन गाउँपालिकाका कृषकहरू परम्परागत रूपमा करेसाबारीमा सीमित खेती गर्ने अवस्थाबाट क्रमशः

सिन्धुलीका १ सय ८० कृषकलाई बर्षे घाँसको बीउ वितरण
रेडियो सिन्धुलीगढी, १७ चैत २०८२, मंगलबार । पशु सेवा कार्यालय सिन्धुलीले जिल्लाका पशुपालक कृषकहरुलाई वर्षे घाँसको बीउ वितरण गरेको छ । कार्यालयले






प्रतिकृया दिनुहोस