एनसेल थ्रीजी : ईलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानिय तहमा बन्द
सिन्धुली, ०३ साउन २०८३ ।
एनसेलले नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नती गर्ने आफ्नो योजनालाई निरन्तरता दिँदै विभिन्न चार जिल्लाका ३५ स्थानिय तहमा थ्रीजी सेवा बन्द गरेको छ । एनसेलले असार २९ गते सोमबारदेखि थ्रीजी सेवा बन्द गरेको हो । ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउने र भ्वाइसका साथै डेटा सेवाको अनुभव अझै परिस्कृत गर्न थ्रीजी बन्द गर्दै लगिएको कम्पनीले जनाएको छ ।
थ्रीजी बन्दसँगै देशको झण्डै ९५ प्रतिशत जनसंख्यामाझ पहिला नै पुगिसकेको फोरजीमा आधारित भोल्टेमार्फत गुणस्तरीय भ्वाइसका साथै मोबाइल ब्रोडव्याण्ड सेवा प्रदान गर्ने एनसेलको योजना रहेको छ । भोल्टेको फाइदा लिन फोरजी चल्ने मोबाइल र सीम प्रयोग गर्ने ग्राहकले आफ्नो मोबाइलमा भोल्टे सेटिङ्मा भोल्टे अन गर्नु पर्दछ ।
अब थ्रीजी चलाउने ग्राहकले अझ गुणस्तरीय सेवा लिन फोरजी चलाउनु पर्ने हुन्छ । कतिपय ग्राहकले फोरजी चल्ने सिमकार्ड लिएपछि र फोरजी नै चल्ने सेटमा सिमकार्ड प्रयोग गरिरहेका भए पनि थ्रीजी नै चलाइरहेका पनि हुन्छन् ।
थ्रीजी नेटवर्क बन्द हुनु नयाँ प्रविधिमा अपग्रेड हुने एक प्रक्रिया हो । प्रविधिमा अपग्रेड भएपछि उन्नत प्रविधिको प्रयोगसँगै ग्राहकहरूले उही शुल्कमा भ्वाइस अनि डेटामा झन् गुणस्तरीय कनेक्टिभिटीको अनुभूति गर्न सक्छन् ।
एनसेलले आफूले घोषणा गरिएअनुसारै देशभर चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्ने योजना कार्यान्वयन गर्ने बताउँदै आएको छ । यसै योजना अन्तर्गत तीन प्रदेशका चार जिल्लाका २१५ भन्दा बढि टावरहरुमा कम्पनीले असार २९ गतेबाट थ्रीजी सेवा बन्द गरेको हो । यी जिल्लाका सम्बन्धित स्थानहरुमा बसोबास गर्ने र फोरजीमा अपग्रेड हुन बाँकी ग्राहकहरूलाई भोल्टे सेवा लिनका लागि आग्रह गरेको छ ।
यसअघि पनि माघमा र गत हप्ता मात्र कम्पनीले विभिन्न जिल्लाका स्थानियतहहरुमा थ्रीजी बन्द गरेको थियो । थ्रीजी सेवा बन्द हुने स्थानको सुचीमा लुम्बिनी प्रदेशको दाङ जिल्लाका घोराही, बबई, शान्तिनगर, तुल्सीपुर लमही, ईलामका देउमाई, फाकफोकथुम, ईलाम, माई, माईजोगमाई, रोङ्, सूर्योदयलगायतका स्थानिय तह रहेका छन् ।
त्यसैगरी, पाँचथरका फालेलुङ्, फाल्गुनन्द, कुम्मायक, मिक्लाजुङ्, फिदिम र पर्साका बहुदरमाई, वीरगञ्ज, छिपहरमाई, धोबीनी, जगरनाथपुर, जिराभवानी, कालिकामाई, पर्सागढी, पोखरिया, सखुवा प्रसौनी र ठोरीलगायत विभिन्न स्थानिय तहमा थ्रीजी बन्द गरिएको छ ।
भोल्टे प्रविधिमा उच्च गुणस्तरको भ्वाइस कल सेवा हुन्छ भने र फोन सम्पर्क पनि तुलनात्मक रुपमा छिटो समयमा नै स्थापित हुन्छ । ग्राहकहरूले गुणस्तरीय भ्वाइस कल अनि फोरजी डेटा उही शुल्कमा प्रयोग गर्न सक्छन् । ८१२३८११३ डायल गरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ । भोल्टे सक्रिय भएपछि ग्राहकहरुले आफ्नो मोबाइल फोनको भोल्टे सेटिङ्मा भोल्टे अन गर्नुपर्ने हुन्छ ।
भोल्टे प्रविधिको फाइदा लिन फोरजी चल्ने मोबाइल फोन, फोरजी सीमकार्ड वा इ–सिम अनि फोरजी नेटवर्क उपलब्ध स्थानको आवश्यकता पर्दछ । कुन–कुन मोबाइल फोन ब्रान्ड अनि मोडलमा यो सेवाको उपभोग गर्न सकिन्छ अनि कसरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ लगायतका जानकारी एनसेलको वेबसाइट अनि एनसेल एप मार्फत प्राप्त गर्न सकिने एनसेलले बताएको छ ।

गोलन्जोर गाउपालिका ४ तल्लो ढुग्रे मा हिजो सोमवार दिउसो १ बजे घर आगलागी
सिन्धुलीको गोलन्जोर गाँउपालिका ४ तल्लो ढुंग्रेमा हिजो सोमवार दिउसो १ बजे घर आगलागी भएको छ । स्थानिय देव बहादुर खपाङ्गी मगरको खरको छानो भएको घरमा

अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरुका लागि ३ दिने तालिम
रेडियो सिन्धुलीगढी,११ असोज २०७८, सोमबार/ मरिण गाँउपालिकामा अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरुका लागि ३ दिने तालिम आजबाट सुरु भएको छ । “पुर्ण

दक्षिणकाली समिल उद्योगको उत्घाटन संगै संचालन सुरु
रेडियो सिन्धुलीगढी, २० भाद्र २०७८, आईतबार/ कमलामाई नगरपालिका ५ सिलामेमा रहेको दक्षिणकाली समिल उद्योग संचालनमा आएको छ । गोलिया काठ चिरानको लागि उद्योग





प्रतिकृया दिनुहोस