सिन्धुलीको भिमानबाट लागू औषध सहित २ जना पक्राउ
.jpeg)
रेडियो सिन्धुलीगढी, ०५ जेठ २०८२, सोमवार ।
सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टबाट प्रहरीले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रदेश ३–०२–०१३ प ३८६३ नम्बरको मोटसाईकल चालक काठमाण्डौ महानगरपालिका ३० बस्ने ३३ बर्षीय एन्जल ओली र मोटसाईकल पछाडी सवार नुवाकोट ककनी गाउँपालिका ५ घर भई काठमाण्डौ महानगरपालिका ३१ शान्तीनगर बस्ने २९ बर्षीय शुसिल लामा रहेका छन् ।
इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरिक्षकको कमाण्डमा लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय बर्दीबास र ट्राफिक सहित ९ जनाको संयुक्त प्रहरी चेकिङ टोलीले अस्ति शनिवार जनकपुरबाट काठमान्डौतर्फ हिडेका उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले मोटसाईकलको पछाड सवार लामाले बोकेको कालो रङ्गको झोलाबाट १९ ग्राम ११० मिलिग्राम लागुऔषध खैरो हिरोइन फेला पारेको थियो ।
दुवैलाई लागु औषध खैरो हिरोईन सहित नियन्त्रणमा लिई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
.jpeg)
सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने
सिन्धुली, १९ जेठ २०८२, सोमवार। सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ । जेठ २१ गतेदेखि जेठ २७ गतेसम्म सिन्धुलीको कमलामाई नगरपालिका

स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम फिक्कलमा सम्पन्न
सिन्धुली, १९ जेठ २०८२, सोमवार । सिन्धुलीको फिक्कल गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको आग्रह
रेडियो सिन्धुलीगढी, १८ जेठ २०८२, आईतवार । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम समयमै
प्रतिकृया दिनुहोस