अनेमसंघ सिन्धुलीको छैटौ जिल्ला सम्मेलनको उद्घाटन

रेडियो सिन्धुलीगढी, ०३ जेठ २०८२, शनिबार ।
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीको छैटौ जिल्ला सम्मेलनको उद्घाटन सत्र सम्पन्न भएको छ । अनेमसंघकी केन्द्रिय अध्यक्ष टुकाभद्र हमालले पानसमा बत्ती बालेर ऐतिहासिक छैटौ सम्मेलनको उद््घाटन गर्नु भएको थियो ।
अनेमसंघ सिन्धुलीकी अध्यक्ष पार्वती भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा केन्द्रिय अध्यक्ष टुकाभद्र हामाल, नेकपा एमाले सिन्धुली जिल्ला ईन्चार्ज मनोजजँग थापा, नेकपा एमाले केन्द्रिय सदस्यहरु उमा कोईराला, गणेश कुमार पहाडी, बिषमलाल अधिकारी, कमलजंग राई, नीर कुमारी दर्लामी, बागमती प्रदेश कमिटि सदस्यहरु प्रदिप कटुवाल, शुकमाया तामाङ, नेकपा एमाले सिन्धुली जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, अनेमसंघ बागमती प्रदेश कमिटि अध्यक्ष बिमला शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आजै सकिने बताइएको छ ।

सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको आग्रह
रेडियो सिन्धुलीगढी, १८ जेठ २०८२, आईतवार । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम समयमै

दुधौली ९ खोरभञ्याङमा मोटरसाईकल र अटो आपसमा ठक्कर खाई दुर्घटना हुँदा ६ जना घाईते
रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका ९ खोरभञ्याङमा मोटरसाईकल र अटो एकआपसमा ठक्कर खाई

दुधौली नगरपालिका ६ हर्षाहीलाई आगामी माघ महिना भित्र बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने लक्ष्य
रेडियो सिन्धुलीगढी, १७ जेठ २०८२, शनिवार । दुधौली नगरपालिकाले वडा नं ६ हर्षाहीलाई आउँदो माघ महिना भित्रमा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने
प्रतिकृया दिनुहोस