अध्यक्ष कप फुटबल प्रतियोगिता : आज भएको पुरुषतर्फको खेलमा वडा नम्बर ७ लाई हराउँदै वडा नम्बर ३ विजयी

रेडियो सिन्धुलीगढी, २९ वैशाख २०८३, मंगलबार ।
हरिहरपुरगढी गाउँपालिकामा गत आइतबारदेखि सुरु भएको छैटौँ अध्यक्ष कप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न पुरुषतर्फको खेलमा वडा नम्बर ३ विजयी भएको छ ।
वडा नम्बर ७ र वडा नम्बर ३ बीच भएको खेलमा ५–२ गोल अन्तरले वडा नम्बर ७ लाई पराजित गर्दै वडा नम्बर ३ ले जित हात पारेको हो । पुरुषतर्फ प्रतियोगितामा ८ वटा टोली सहभागी थिए । जसमध्ये हालसम्म वडा नम्बर ७, ८, ६ र १ प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
यसैबीच महिलातर्फ वडा नम्बर ५ र वडा नम्बर २ बीच खेल भइरहेको युवा खेलकुद विकास समितिका संयोजक हिमाल राईले जानकारी दिनुभयो ।
गत आइतबारदेखि सुरु भएको उक्त प्रतियोगिता आगामी जेठ २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

गौमती माविमा १८ बर्ष मुनिको अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिता सम्पन्न
रेडियो सिन्धुलीगढी, २५ साउन २०८३, सोमबार । सिन्धुलीको कमलामाई नगरपालिका ६ मा अवस्थिति गौमती माध्यमिक विद्यालयको प्राङ्गणमा संचालित १८ बर्ष मुनिको

हरिहरपुरगढी गाउँपालिकामा छैठौ अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु
रेडियो सिन्धुलीगढी, २७ वैशाख २०८३, आईतबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा छैठौ अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । आज (आईतबार) एक

१४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाख ८ देखि संचालन हुने
रेडियो सिन्धुलीगढी, २७ चैत २०८२, शुक्रबार । १४ औँ सिन्धुली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास





प्रतिकृया दिनुहोस