युवाहरुको लागी मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ३० वैशाख २०८२, मंगलवार ।

युवाहरुको लागी मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सिन्धुलीमाढीमा सुरु भएको छ । जि.एस.एस परियोजना अन्तर्गत मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा आजबाट सुरु भएको तालिम आउँदो शनिवार (जेठ ३ गते) सम्म संचालन हुने छ । 

ह्याण्ड्स नेपाल सिन्धुलीको आयोजना तथा प्लान इन्टरनेश्नल नेपालको सहयोगमा आज बाट सुरु भएको तालिममा कमलामाई र दुधौली नगरपालिका, मरिण, तीनपाटन, दुधौली, सुनकोसी र गोलन्जोर गाउँपालिकाका विभिन्न क्लबमा आबद्ध २० जना किशोर किशोरीहरुको सहभागीता रहेको छ । 

बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि.पि.ओ)मा आबद्ध साईकोलोजिष्ट प्रेमनाथ भट्टराई र प्रशिक्षक अम्बिका बलामीले तालिमको प्रशिक्षण गर्नुहुने छ ।

किशोरकिशोरी र युवाहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगमा उनीहरूको ज्ञान र व्यावहारिक सीपहरू बढाएर उनीहरूको क्षमता निर्माण गर्ने उदेश्यले तालिमको आयोजना गरिएको जि.एस.एस परियोजनाका कार्यक्रम अधिकृत नवराज श्रेष्ठले जानकारी दिनु भयो ।

यसले उनीहरूलाई साथीहरूलाई सहयोग गर्न, समुदायमा आधारित मनोसामाजिक पहलहरूको नेतृत्व गर्न, सक्रिय, अनुभवमा आधारित गतिविधिहरू र मानसिक कल्याणमा खुला संवाद मार्फत साथीहरूको सिकाइमा संलग्न हुन सशक्त बनाउँछ ।

तालिम पश्चात किशोर किशोरीहरुले तालिममा सिकेका, जानेका कुराहरुलाई आफुजस्तै अन्य साथीहरु । समुदायका अन्य नागरिकलाई सिकाउँन र स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने किशोरकिशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा संचालन गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने छन् । 

सरकारी तथा गैरसरकारी संस्थाहरुले यस्ता कार्यक्रम प्राथमिकताका साथ संचालन गर्न सकेमा मानसिक स्वास्थ्य सेवाको पहुँच आम समुदायमा दिर्घकालिन रुपमा विस्तार हुने प्रशिक्षकहरुले बताएका छन् । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने

सिन्धुली, १९ जेठ २०८२, सोमवार। सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ । जेठ २१ गतेदेखि जेठ २७ गतेसम्म सिन्धुलीको कमलामाई नगरपालिका

radiosindhuligadhhi

स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम फिक्कलमा सम्पन्न 

सिन्धुली, १९ जेठ २०८२, सोमवार । सिन्धुलीको फिक्कल गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

radiosindhuligadhhi

सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको आग्रह

रेडियो सिन्धुलीगढी, १८ जेठ २०८२, आईतवार । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम समयमै