दुधौलीमा कारको ठक्करबाट बालकको मृत्यु 

radiosindhuligadhhi

 रेडियो सिन्धुलीगढी, ३० वैशाख २०८२, मंगलबार ।

सिन्धुलीमा कारको ठक्करबाट बालकको मृत्यु भएको छ । मंगलबार बिहान ११.१५ बजेको समयमा दुधौली नगरपालिका–८ खोरभन्ज्याङस्थित मदन भण्डारी राजमार्गमा कारले ठक्कर दिँदा १० वर्षीय बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुधौली नगरपालिका–८, चिहानडाँडा बस्ने गंगाराम सदाका अन्दाजी ९/१० वर्षीय छोरा मन्देश सदा रहेका छन् ।

कटारीबाट डकाहातर्फ गइरहेको बिएनबि ०१८८ नम्बरको कारले ठक्कर दिँदा बालकको बाँया खुट्टा, टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । गम्भीर घाईते भएका मन्देशलाई उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली लगिएका थियो । उपचारका क्रममा १२.०५ बजे बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार कार चालक संखुवासभा जिल्ला, चैनपुर नगरपालिका १० का ३४ वर्षीय रामकुमार राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने

सिन्धुली, १९ जेठ २०८२, सोमवार। सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ । जेठ २१ गतेदेखि जेठ २७ गतेसम्म सिन्धुलीको कमलामाई नगरपालिका

radiosindhuligadhhi

स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम फिक्कलमा सम्पन्न 

सिन्धुली, १९ जेठ २०८२, सोमवार । सिन्धुलीको फिक्कल गाउँपालिकामा स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

radiosindhuligadhhi

सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको आग्रह

रेडियो सिन्धुलीगढी, १८ जेठ २०८२, आईतवार । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम समयमै