फिक्कल उपाध्यक्ष भलिबल प्रतियोगिता सञ्चालन हुने

रेडियो सिन्धुलीगढी, २२ वैशाख २०८२, सोमबार ।
सिन्धुलीको फिक्कल गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जेठ ४ गतेदेखि जेठ ६ गतेसम्म पालिकाको वडा नम्बर २ पौँतीमा पुरुषतर्फ खुल्ला र महिलातर्फ पालिकास्तरीय उपाध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
गाउँपालिकाले आज सोमबार एक सूचना जारी गर्दै प्रतियोगितामा सहभागीताका लागी जेठ २ गतेभित्र टिम दर्ता गराउँन अनुरोध गरेको छ ।
प्रतियोगिताबाट पुरुष तर्फ विजेता हुने टिमलाई ८० हजार, उपविजेतालाई ४० हजार र तृतीय हुने टिलाई २० हजार नगर प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ ।
साथै, महिलातर्फ विजेता हुने टिमलाई २० हजार, उपविजेतालाई १० हजार र तृतीय हुने टिमलाई नगद ५ हजार प्रदान गरिने छ ।
यस्तै, उत्कृष्ट सेटर, लिबेरो र स्पाईकरलाई समेत पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता : महिला/पुरुष दुबैमा तीनपाटन विजयी
रेडियो सिन्धुलीगढी, २५ वैशाख २०८२, बिहिवार । तीनपाटन गाउँपालिकामा सम्पन्न दोस्रो जिल्ला अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा
.jpeg)
तीनपाटन गाउँपालिकामा अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने
रेडियो सिन्धुलीगढी, ११ वैशाख २०८२, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपालिकामा दोस्रो सिन्धुली जिल्ला (अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल

कमलामाई नगरपालिकाले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
रेडियो सिन्धुलीगढी, ०८ फागुन २०८१, बिहिबार १३ औँ सिन्धुली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कमलामाई नगरपालिकाले जितेको छ ।
प्रतिकृया दिनुहोस