सिन्धुली अस्पतालमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सुरु

रेडियो सिन्धुलीगढी, २ वैशाख २०८२, मंगलबार ।
सिन्धुली अस्पतालमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा, जिल्लाका ४२ वटा उपशाखाहरुको आयोजना तथा सिन्धुली अस्पतालको समन्वय र हेल्पिङ्ग ह्याण्डस हेल्थ एजुकेशन इन्टरनेशनलको सहयोगमा संचालन भएको शिविरको आज उद्घाटन गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका सभापती अशोक श्रेष्ठको अध्यक्षता तथा हेल्पिङ्ग ह्याण्डस हेल्थ एजुकेशन इन्टरनेशनलका अध्यक्ष नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएको थियो ।
शिविरको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा, कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल, निर्वतमान नगर प्रमुख खड्ग खत्री र वागमती प्रदेशका सहकारी तथा गरिवी निवारण मन्त्री मदु कुमार श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
शिविरबाट स्त्री तथा प्रसुती रोग, दाँतको उपचार, नाक, कान, घाँटीको उपचार, आँखाको उपचार र जनरल फिजिसियन लगायतका सेवाहरु प्रदान गरिएको छ । शिविरको पहिलो दिन ४ सय २३ जनाले सेवा लिएका छन् ।
जसमध्ये ६६ जनाको जनरल फिजिसियन सम्बन्धी चेकजाँच, ७१ जनाको त्री तथा प्रसुती रोग सम्बन्धी चेकजाँच, ७१ जनाको दाँतको उपचार, ७१ जनाको नाक, कान, घाँटीको उपचार र १ सय ४४ जनाको आँखा उपचार गरिएको रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका सभापती अशोक श्रेष्ठले जानकारी दिनु भयो ।
शिविर भोलि र पर्सि पनि चल्ने भएकाले मौकाको फाईदा उठाई सेवा लिनुहुन उहाँले आग्रह पनि गर्नु भयो ।

पहुच बाहिर रहेका किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श प्रदान
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ४ आधारभुत स्वास्थ्य केन्द्र खयरसालमा आयोजित एकिकृत घुम्ती स्वास्थ्य शिविरबाट १८ जना किशोर किशोरलाई यौन तथा

मरिण गाउँपालिका २ मा एकीकृत घुम्ती स्वास्थ्य शिविर सम्पन्न, २ सय बढीले सेवा लिए
रेडियो सिन्धुलीगढी, २७ चैत २०८१, बुधबार । सिन्धुलीको मरिण गाउँपालिका २ स्थित बाल साक्षर मा.वि मुङ्ग्रे दोभानमा आयोजित एकीकृत घुम्ती स्वास्थ्य

सिन्धुलीमा एचपिभि खोप अभियान सुरु
रेडियो सिन्धुलीगढी, २२ माघ २०८१, मंगलबार । सिन्धुलीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप अभियानको शुभारम्भ
प्रतिकृया दिनुहोस