पहुच बाहिर रहेका किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श प्रदान 

radiosindhuligadhhi

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ४ आधारभुत स्वास्थ्य केन्द्र खयरसालमा आयोजित एकिकृत घुम्ती स्वास्थ्य शिविरबाट १८ जना किशोर किशोरलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श प्रदान गरिएको छ । मरिण गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा प्लान इन्टरनेश्नल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल सिन्धुलीको साझेदारीमा जि.एस.एस. परियोजना अन्तर्गत संचालित एकिकृत घुम्ती स्वास्थ्य शिविर मार्फत उनीहरुलाई परामर्श प्रदान गरिएको हो ।

पहुच बाहिर रहेका किशोरी किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी ज्ञान तथा शिक्षा प्रदान गर्ने उदेश्यले परामर्श प्रदान गरिएको ह्याण्ड्स नेपाल सिन्धुलीका बरिष्ठ कार्यक्रम अधिकृत रामानान्द बैठाले जानकारी दिनु भयो ।

एकिकृत घुम्ती स्वास्थ्य शिविरिबाट १ सय ३८ जना सेवाग्राही लाभान्वित भएका छन् । शिविरमा १८ जनाको खकार परिक्षण, ४७ जना महिलाको भिआईए परिक्षण गरिएकोमा ७ जना संकास्पद भेटिएको छ भने १ सय ७ जना सेवाग्राहीहरुलाई औषधी प्रदान गरिएको छ ।

साथै, शिविरमा २ जना महिलाहरुको पाठेघरमा रिङ पेसरी राखिएको छ भने शिविरमा  परिक्षण गराएका ३ जना महिलाहरुको पाठेघर खसेको पाईएको मरिण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले जानकारी दिए ।

शिविर मार्फत महिलाहरुको पाठेघर खस्ने परिक्षण, रिङ पेसरी राख्ने, स्तन क्यान्सर परिक्षण, फिस्टुला परिक्षण, भि.आई.ए परिक्षण र शंस्कास्पद क्षयरोगीहरुको स्क्रिनिङ र खकार जाँच लगाएतका सेवाहरु प्रदान गरिएको थियो ।

जि.एस.एस. परियोजना अन्तर्गत जिल्लाको कमलामाई, दुधौली नगरपालिका र मरिण गाउँपालिकाको विभिन्न स्थानमा यो कार्यक्रममा संचालन गरिने छ, जस अन्तर्गत बुधबार मरिण गाउँपालिकाको २ स्थित बाल साक्षर मा.वि मुङ्ग्रे दोभानमा संचालन भएको थियो छ । त्यस स्वास्थ्य शिविरबाट २ सय ७ जना लाभान्वित भएका थिए ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुली अस्पतालमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सुरु 

रेडियो सिन्धुलीगढी, २ वैशाख २०८२, मंगलबार । सिन्धुली अस्पतालमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला

radiosindhuligadhhi

मरिण गाउँपालिका २ मा एकीकृत घुम्ती स्वास्थ्य शिविर सम्पन्न, २ सय बढीले सेवा लिए

रेडियो सिन्धुलीगढी, २७ चैत २०८१, बुधबार । सिन्धुलीको मरिण गाउँपालिका २ स्थित बाल साक्षर मा.वि मुङ्ग्रे दोभानमा आयोजित एकीकृत घुम्ती स्वास्थ्य

radiosindhuligadhhi

सिन्धुलीमा एचपिभि खोप अभियान सुरु

  रेडियो सिन्धुलीगढी, २२ माघ २०८१, मंगलबार । सिन्धुलीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप अभियानको शुभारम्भ