मरिण गाउँपालिका २ मा एकीकृत घुम्ती स्वास्थ्य शिविर सम्पन्न, २ सय बढीले सेवा लिए

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २७ चैत २०८१, बुधबार ।

सिन्धुलीको मरिण गाउँपालिका २ स्थित बाल साक्षर मा.वि मुङ्ग्रे दोभानमा आयोजित एकीकृत घुम्ती स्वास्थ्य शिविरबाट दुई सय भन्दा बढी सेवाग्राहीले सेवा प्राप्त गरेका छन् । मरिण गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा प्लान इन्टरनेश्नल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल सिन्धुलीको साझेदारीमा जि.एस.एस. परियोजना अन्तर्गत संचालित शिविरबाट २ सय ७ जना लाभान्वित भएका छन् ।

शिविरमा ४१ जनाको खकार परिक्षण, ८५ जना महिलाको भिआईए परिक्षण र ४४ जना किशोरी किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श प्रदान गरिएको छ भने १ सय ६५ जना सेवाग्राहीहरुलाई औषधी प्रदान गरिएको छ ।

साथै, शिविरमा ३ जना महिलाहरुको पाठेघरमा रिङ पेसरी राखिएको छ भने शिविरमा  परिक्षण गराएका ९ जना महिलाहरुको पाठेघर खसेको र ३ जना महिलाहरुको पाठेघरको मुखमा मासु पलाएको पाईएको मरिण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले जानकारी दिनु भयो ।

कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै मरिण गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कमल बहादुर आले मगरले शरीर स्वस्थ भए मात्र आटेका र सोचेका कार्य पुरा गर्न सकिने बताउँदै आज संचालित शिविरमा निर्धक्क भएर आफ्ना समस्या डाक्टर सामु राख्न पनि सेवाग्राहीलाई अनुरोध गर्नु भयो ।

कार्यक्रममा ह्याण्ड्स नेपाल सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारीले स्वास्थ्य सेवाको पहुचबाट टाढा रहेका समुदायका नागरिकलाई यस शिविरले सहयोग पुग्ने बताउँनु भयो ।

ह्याण्ड्स नेपाल सिन्धुलीका बरिष्ठ कार्यक्रम अधिकृत रामानान्द बैठाले प्रजनन स्वास्थ्य सम्बन्धी समस्या भएका किशोर किशोरीहरुले खुलेर कुरा गर्न नसक्दा उनीहरुको स्वास्थ्यमा दिर्घकालीन असर पर्ने गरेको बताउँनु भयो । उहाँले आफ्ना समस्याहरु खुलेर भन्न सकुन भन्ने उदेश्यका साथ शिविर मार्झत किशोर किशोेरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श प्रदान गरिएको पनि बताउँनु भयो ।

जि.एस.एस. परियोजना अन्तर्गत जिल्लाको कमलामाई, दुधौली नगरपालिका र मरिण गाउँपालिकाको विभिन्न स्थानमा यो कार्यक्रममा संचालन गरिने छ, जस अन्तर्गत भोलि बिहिबार मरिण गाउँपालिकाको वडा नम्बर ४ को स्वास्थ्य ईकाई खयरसालमा संचालन हुने छ ।  

स्थानीय सेवाग्राहीहरूले आफ्नै स्थानमा सेवा प्राप्त गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । 
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुली अस्पतालमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सुरु 

रेडियो सिन्धुलीगढी, २ वैशाख २०८२, मंगलबार । सिन्धुली अस्पतालमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला

radiosindhuligadhhi

पहुच बाहिर रहेका किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श प्रदान 

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ४ आधारभुत स्वास्थ्य केन्द्र खयरसालमा आयोजित एकिकृत घुम्ती स्वास्थ्य शिविरबाट १८ जना किशोर किशोरलाई यौन तथा

radiosindhuligadhhi

सिन्धुलीमा एचपिभि खोप अभियान सुरु

  रेडियो सिन्धुलीगढी, २२ माघ २०८१, मंगलबार । सिन्धुलीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप अभियानको शुभारम्भ