जीवन विकास लघुवित्त वित्तीय संस्था सिन्धुलीको केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रेडियो सिन्धुलीगढी, २५ चैत २०८१, सोमबार ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड सिन्धुलीको केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । लघुवित्तको शाखा कार्यालय सिन्धुलीको आयोजनामा भएको गोष्ठि आज सोमबार सम्पन्न भएको हो ।
कार्यक्रममा कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले आफ्नो क्षमता र आवश्यकता अनुसार ऋण लिई ऋणको सही सदुपयोग गर्न सदस्यहरुलाई आग्रह गनुभयो ।
कार्यक्रममा तालिम विभागकी विभागीय प्रमुख रन्जना निरौलाले कार्यक्रमको उदेश्य, जीवन विकासले गरिरहेको कार्य लगायत अन्य बिषयमा जानकारी दिनु भयो ।
कार्यक्रममा विपन्न तथा जेहेन्दार ५ जना सदस्यका एक एक जना छोराछोरीहरुलाई शैक्षिक सामाग्रीको साथमा छात्रवृत्ति प्रदान गरिएको थियो भने जीवन विकास संग जोडिएर कारोबार गर्ने बचत कर्ता, असल ऋणी, उद्यमी, एटिएम प्रयोगकतालार्ई सम्मान गरिएको थियो ।
जीवन विकास लद्युवित्त वित्तीय संस्था लिमिटेड सिन्धुली शाखाको १ सय ३४ केन्द्रमा २६ सय ७७ जना सदस्यहरु रहेका छन् भने जिल्लाको कमलामाई नगरपालिका, गोलन्जोर र तीनपाटन गाउँपालिका यसका कार्यक्षेत्रहरु हुन् ।
आन्तरिक लेखा परीक्षण विभागका प्रमुख विनोद प्रसाद शाहको अध्यक्षता तथा कमलामाई नगरपालिकाकी उपप्रमुख देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन जीवन विकास लघुवित्त वित्तीय संस्थाका जिल्ला प्रमुख गायत्री पोखरेलले गर्नु भएको थियो ।
कार्यक्रममा कमलामाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष उज्जवल कुमार थापा, वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर थापा, संस्थाका केन्द्र प्रमुख तथा उपप्रमुखहरु, प्रतिनिधि, सदस्य, अभिभावकहरु लगायत संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
तस्बिरहरु

सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिभल” हुदै
रेडियो सिन्धुलीगढी, ३० चैत २०८१, शनिबार । सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिभल २०८२” को आयोजना हुने भएको छ । आगामी बैशाख

सिन्धुली कला घरलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने : मन्त्री तामाङ
सिन्धुली । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले कलाघरलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरी

चपौलीमा आजबाट राष्ट्रिय कला महोत्सव सुरु, मुख्यमन्त्री लामाद्धारा उद्घाटन
रेडियो सिन्धुलीगढी, २८ चैत २०८१, बिहिबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ चपौलीमा रहेको निमार्णाधन कला घरको परिसरमा आजबाट राष्ट्रिय कला
प्रतिकृया दिनुहोस