सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः अर्जुन श्रेष्ठ निर्वाचित

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार ।

सिन्धुली उद्योग वाणिज्य संघमा अर्जुन कुमार श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिस्पर्धि राजकुमार श्रेष्ठलाई २ सय ९ मतले पछि पार्दै श्रेष्ठ पुनः निर्वाचित भएका हुन् । हिजो भएको उद्योग वाणिज्य संघको निर्वाचनमा कुल खसेको मत १ हजार १ मत मध्ये अध्यक्ष्य पदमा अर्जुन कुमार श्रेष्ठले ५ सय ९७ मत पाएका थिए भने राजकुमार श्रेष्ठले ३ सय ८८ मत ल्याएका मत ल्याएका थिए ।

यस्तै, बरिष्ठ उपाध्यक्षमा देवनारायण श्रेष्ठ विजयी भएका छन् ।  अर्जुन प्यानलका वीरबल चौधरीलाई ४४ मतले पछि पार्दै स्वतन्त्र उमेद्वार बनेका श्रेष्ठ विजयी भएका हुन् । वीरबल चौधरीले ४ सय ५१ मत प्राप्त गरेका थिए ।

वस्तुगत उपाध्यक्षमा राम राजभण्डारी निर्वाचित भएका छन् । विजय बस्नेतलाई ३ मतले पराजित गर्दै राजभण्डारी विजयी भएका हुन । कुल १४ मत मध्ये राजभण्डारीले ११ र बस्नेतले ३ मत पाएका थिए ।

महासचिवमा अर्जुन प्यानलका हरिप्रसाद भेटवाल ६ सय ४६ मत सहित विजयी भएका छन् । भने  उनले प्रतिस्पर्धी मेघ बहादुर कार्कीलाई ३ सय ८० मतान्तरले पराजित गरेका हुन् । कार्कीले २ सय ६६ मत प्राप्त गरेका थिए।

त्यस्तै उपमहासचिवमा नेत्रजंग थापा (प्रयास) विजयी भएका छन् । उनले युवराज श्रेष्ठ (आकाश) लाई ५७ मतले पराजित गरेका हुन् । स्वतन्त्र उमेद्वारी दिएका थापाले ४ सय ४१ मत र अर्जुन प्यानलका श्रेष्ठले ३ सय ७४ मत पाएका थिए ।

उपमहासचिवकी उमेद्वार सोनी कुमारी झाले भने १ सय ४ मत मात्रै प्राप्त  गरिन् । भने महिला सचिवमा ५ सय ४१ मत सहित विजयी हाँसिल गरिन् । उनको निकट प्रतिस्पर्धी रेजिना श्रेष्ठले ३ सय ४१ मत प्राप्त गरिन् ।

खुला सदस्यहरुमा अर्जुन श्रेष्ठ प्यानलका राम बहादुर विश्वकर्मा ६ सय १०, संजय साह ७ सय ६२, हिमेश श्रेष्ठ ७ सय ५४, राज कुमार श्रेष्ठ ६ सय ८९ र रामचन्द्र पौडेल ५ सय ६७ मत सहित विजयी भएका हुन् ।

त्यसैगरी उद्योग उपाध्यक्षमा रामभक्त श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा नवीन श्रेष्ठ,  शाखा उपाध्यक्षमा नरेन्द्र कुमार कर्मचार्य, महिला उपाध्यक्षमा टिका कुमारी थापा, कोषाध्यक्षमा विष्णु कुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा लालमान तामाङ, उद्योग सचिवमा प्रकाश काफ्ले, वाणिज्य सचिवमा गोविन्द खड्का, आजीवन सदस्यमा दिगम्बर चौधरी, एसोसिएट सदस्यमा शाह आलम साफी र महिला सदस्यमा ललिता न्यौपाने यसअघिनै निर्विरोध निर्वाचित भईसकेका थिए ।

 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

बालुवा मिसाएको नौ बोरा ढुटो नष्ट 

रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले ११ हजार २ सय ५० रुपैया बराबरको नौ बोरा ढुटो नष्ट गरेको छ । जिल्लाको

radiosindhuligadhhi

मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु 

रेडियो सिन्धुलीगढी, २६ फागुन २०८१, सोमबार । सिन्धुलीको मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु भएको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था

radiosindhuligadhhi

सामाजिक सुरक्षा भत्ताको नविकरण नगरेको प्रति एमाले हरिहरपुरगढी गाउँकमिटिको आपत्ति

रेडियो सिन्धुलीगढी, २६ फागुन २०८१, सोमबार । सामाजिक सुरक्षा भत्ताको नविकरण नगरेको प्रति नेपाल कम्युनिष्ट पार्टी एमाले हरिहरपुरगढी गाउँपालिका