मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु 

radiosindhuligadhhi


रेडियो सिन्धुलीगढी, २६ फागुन २०८१, सोमबार ।

सिन्धुलीको मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु भएको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मरिणले तालिमको आयोजना गरेको हो ।

तालिमको गाउँपालिकाका अध्यक्ष विर्मश मुक्तानले उद्घाटन गर्नुृभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै  उहाँले रोजगार सिर्जना गर्न तथा यूवाहरुलाई प्रोत्साहन गर्ने उदेश्यले यस संस्थाले तालिमको आयोजना गरेको बताउँनु भयो । 

साथै, यस संस्थाले यस्ता खालका सीप विकास तालिमको आयोजना गरि गाउँपालिका क्षेत्र भित्र छरिएर रहेका गरिब, विपन्न महिला उद्यमीहरुको जिविकोपार्जनका लागी ठुलो सहयोग पु¥याएको धारणा राख्नु भयोे । उहाँले मरिण गाउँपालिकाले आगामी बर्षदेखि आर्थिक समृद्धिसँग जोड्ने खालका कार्यक्रमहरु ल्याउँने बताउँनु भयो ।

कार्यक्रममा सुुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले मृत्यु भएका २ जना सदस्यहरुलाई विमा बापतको क्षतिपुर्ति प्रदान गरेको छ ।

सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मरिणका अध्यक्ष लिला कुमारी तोलाङ्गेको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका कर्मचारी, सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

बालुवा मिसाएको नौ बोरा ढुटो नष्ट 

रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले ११ हजार २ सय ५० रुपैया बराबरको नौ बोरा ढुटो नष्ट गरेको छ । जिल्लाको

radiosindhuligadhhi

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः अर्जुन श्रेष्ठ निर्वाचित

रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार । सिन्धुली उद्योग वाणिज्य संघमा अर्जुन कुमार श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिस्पर्धि राजकुमार

radiosindhuligadhhi

सामाजिक सुरक्षा भत्ताको नविकरण नगरेको प्रति एमाले हरिहरपुरगढी गाउँकमिटिको आपत्ति

रेडियो सिन्धुलीगढी, २६ फागुन २०८१, सोमबार । सामाजिक सुरक्षा भत्ताको नविकरण नगरेको प्रति नेपाल कम्युनिष्ट पार्टी एमाले हरिहरपुरगढी गाउँपालिका