सिन्धुलीमा प्रदेश स्तरीय महिला कृषि उद्यम मेला सुरु 

radiosindhuligadhhi


रेडियो सिन्धुलीगढी, २३ फागुन २०८१, शुक्रबार ।

सिन्धुलीमा आज बाट सुरु भएको प्रदेश स्तरीय महिला कृषि उद्यम मेलाको जिल्ला समन्वय समिति प्रमुख कारसाङ लामाले उद्घाटन गर्नु भएको छ । जिल्लाको कमलामाई नगरपालिका ६ खुल्ला मञ्चमा निमको विरुबा रोपी उहाँले मेलाको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुदै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख लामाले जिल्लाका स्थानीय तहहरुले उद्यमशीलताका क्षेत्रमा लागेका महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नु भयो ।  

कार्यक्रममा सौगात लघु उद्यम सहकारी संस्था लिमिटेड सिन्धुलीकी निर्वतमान अध्यक्ष बिमला थापाले महिलाहरुको उद्यमशीलतालाई प्रोत्साहन गर्ने, नव प्रर्वतनका लागी उत्साहित गराउँने र स्थानीय श्रोत साधनको स्थानीय जनशक्तिबाटै उपयोग गर्ने गराउँने मुख्य उदेश्यका साथ मेलाको आयोजना गरिएको बताउँनु भयो ।

मेलाको पहिलो दिन “कृषि र खाद्य” सम्बन्धी अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा नवज्योति बहिरा मा.वि प्रथम, सिन्धुली पाठशाला द्धितिय र सिद्धस्थली अङ्ग्रेजी मा.वि तृतीय भएको छ । प्रथम, द्धितिय र तृतीय भएका विद्यालयका विद्यार्थीहरुलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगरसहित प्रमाण पत्र प्रदान गरिएको छ । चित्रकला प्रतियोगितामा कक्षा ५ देखि ८ कक्षा सम्मका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको मेला आउँदो फागुन २५ गतेसम्म चल्ने छ । मेला अवलोनकका लागि कुनै पनि शुल्क राखिएको छैन भने आफुले चाहेको सामान खरिद गर्न सकिनेछ ।

मेलामा बागमती प्रदेश अन्तर्गतका जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रे, काठमाडौ, भक्तपुर, ललितपुर, नुवाकोट, रसुवा साथै सिन्धुलीका सबै स्थानीय तहका साना तथा मझौला महिला उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य तथा हस्तकला सामग्रीको प्रदर्शनी र बिक्रीमा राखिएको छ ।

सौगात लघु उद्यम सहकारी संस्था लिमिटेड सिन्धुलीको आयोजना तथा कमलामाई नगरपालिका, कृषि विकास कार्यालय, उद्योग वाणिज्य संघ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोग र मुना कृषि लिमिटेड ललितपुरको प्राविधिक सहयोगमा मेला संचालन भएको हो ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

बालुवा मिसाएको नौ बोरा ढुटो नष्ट 

रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले ११ हजार २ सय ५० रुपैया बराबरको नौ बोरा ढुटो नष्ट गरेको छ । जिल्लाको

radiosindhuligadhhi

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः अर्जुन श्रेष्ठ निर्वाचित

रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार । सिन्धुली उद्योग वाणिज्य संघमा अर्जुन कुमार श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिस्पर्धि राजकुमार

radiosindhuligadhhi

मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु 

रेडियो सिन्धुलीगढी, २६ फागुन २०८१, सोमबार । सिन्धुलीको मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु भएको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था