फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सिन्धुलीमा नमुना मतदान कार्यक्रम सम्पन्न

रेडियो सिन्धुलीगढी, ०९ फागुन २०८२, शनिबार ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सिन्धुलीमा नमुना मतदान कार्यक्रमको आयोजना गरिएको छ । जिल्लाको कमलामाई नगरपालिका ६ स्थित खम्बे चौरमा जिल्ला सुरक्षा समिति सिन्धुलीको आयोनामा भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
निर्वाचनका दिन अपनाइने सम्पूर्ण प्रक्रिया र सुरक्षा व्यवस्थाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले नमुना मतदान कार्यक्रमको आयोजना गरिएको थियो । नमुना मतदानलाई वास्तविक निर्वाचनकै स्वरूप दिन महिला, पुरुष, ज्येष्ठ नागरिक तथा अशक्त मतदाताका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको थियो । प्रवेश गर्ने ठाउँमा म्यादी प्रहरी खटिएका थिए । नमुना मतदान मतपेटिकाको सुरक्षाका लागि नेपाल प्रहरी खटिएका थिए ।
मतदान केन्द्रमा हुन सक्ने सम्भावित भीड व्यवस्थापन र सुरक्षाका उपायबारे पनि अभ्यासमार्फत प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा भीड नियन्त्रण सम्बन्धी ‘डेमो’ प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कमलराज बिष्ट, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदी लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा विभिन्न कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।



पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएकोमा अकोराबको विरोध, तत्काल र निःशर्त रिहा गर्न नेपाल मिडिया सोसाइटी माग
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालले आपत्ति जनाउँदै स्थापित न्यायिक प्रक्रियाबाट समाधान

पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न माग गर्दै एमाले सिन्धुलीले बुझायो बिरोध पत्र
रेडियो सिन्धुलीगढी, १५ चैत २०८२, आईतबार । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री

सिन्धुलीको दुवै क्षेत्रमा रास्वपा विजयी
रेडियो सिन्धुलीगढी, २३ फागुन २०८२, शनिबार । सिन्धुलीको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विजयी भएका छन् ।





प्रतिकृया दिनुहोस