कमलामाई १२ मा नेकपाका २ दर्जन कार्यकर्ता एमालेमा प्रवेश 

SITENAME

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सिन्धुलीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का करिब दुई दर्जन स्थानीय कार्यकर्ताले पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

क्षेत्र नं. २ अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका १२ फलामेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मनोजंग थापाले नवप्रवेशीलाई अबिर र खादा लगाएर स्वागत गर्नुभएको थियो ।

प्रवेश गर्ने कार्यकर्ताहरूले विगतमा निर्वाचित जनप्रतिनिधिहरू जनतासँग सम्पर्कविहीन भएको, स्थानीय समस्याप्रति बेवास्ता गरेको र चुनावी प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै नेकपा माओवादी केन्द्र हुँदै हालको नेकपासम्म असन्तुष्टि बढेको बताएका छन् । सोही कारण आफूहरूले विद्रोह गर्दै नयाँ विकल्प रोजेको उनीहरूको भनाइ छ ।

कार्यक्रममा उहाँले क्षेत्र नं. २ विकासका दृष्टिले पछाडि परेको बताउँदै अबको जितपछि विकास, सुशासन र जनतासँग प्रत्यक्ष सम्बन्धलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न माग गर्दै एमाले सिन्धुलीले बुझायो बिरोध पत्र 

रेडियो सिन्धुलीगढी, १५ चैत २०८२, आईतबार । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री

SITENAME

सिन्धुलीको दुवै क्षेत्रमा रास्वपा विजयी

रेडियो सिन्धुलीगढी, २३ फागुन २०८२, शनिबार । सिन्धुलीको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विजयी भएका छन् ।

SITENAME

फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सिन्धुलीमा नमुना मतदान कार्यक्रम सम्पन्न

  रेडियो सिन्धुलीगढी, ०९ फागुन २०८२, शनिबार । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सिन्धुलीमा नमुना मतदान कार्यक्रमको