फिक्कलमा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी एमाले फिक्कल गाउँ कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन गरेको छ । अभियानको सुरुआतमा नेपाल कम्युनिष्ट पार्टी एमाले फिक्कल गाउँ कमिटीको आयोजनामा आज फिक्कलमा नेता तथा कार्यकर्तालाई अभिमुखीकरण गरिएको छ । तीनमहिने अभियानका क्रममा नेकपा एमाले सिन्धुलीले ‘पुराना जगाउँ, नयाँ बढाऊ’ भन्ने नाराका साथ टोल टोलमा मसिनो योजनाका साथ पार्टी कामलाई अगाडि बढाउने बताएको छ ।

अभियानका क्रममा सदस्यता नबिकरण र बिस्तार, अन्तरविरोध समाधान तथा व्यवस्थापन, स्थानीय अधिवेशनहरु, जनतासँग जनसंगठन, युवा नेतृत्व विकासको कामः जेनजिसँग पार्टी अभियान, बैचारिक तथा राजनैतिक काम, साइवर हमलाको प्रतिवाद, विकास निर्माण र जनसरोकार र रचनात्मक कामहरुलाई अभियानसँगै जोडेर लगिने नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिनुभयो । फिक्कलमा सम्पन्न अभिमुखीकरणमा प्रदेश कमिटि सदस्य धन बहादुर कार्की लगायत नेताहरु सहभागी भएका थिए ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

बालुवा मिसाएको नौ बोरा ढुटो नष्ट 

रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले ११ हजार २ सय ५० रुपैया बराबरको नौ बोरा ढुटो नष्ट गरेको छ । जिल्लाको

radiosindhuligadhhi

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः अर्जुन श्रेष्ठ निर्वाचित

रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार । सिन्धुली उद्योग वाणिज्य संघमा अर्जुन कुमार श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिस्पर्धि राजकुमार

radiosindhuligadhhi

मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु 

रेडियो सिन्धुलीगढी, २६ फागुन २०८१, सोमबार । सिन्धुलीको मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु भएको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था