सिन्धुलीमा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुली ।
सिन्धुलीमा बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ मा शुक्रवार बिहान इभी गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
झापाबाट काठमाडौ जाँदै गरेको बागमती प्रदेश ०१–०३०–च. ९६४२ नम्बरको इभि गाडी आफै अनियन्त्रित सडकबाट ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा परि चालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको उपचारको क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको छ । घाईते भएका ५ जनामध्ये मोरङको लेटाङ नगरपालिका २ का ३४ वर्षीय देवि लिम्बुको अवस्था गम्भीर रहेको छ ।
अन्य घाईतेहरु काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ५ थली बस्ने २८ बर्षिया श्वेता गिरी, सोही ठेगाना भएका २८ वर्षीय संजय रोक्का, झापा बाह्रगढी गाउँपालिका १ का २७ वर्षीय किस्कु मण्डल र इलाम देउमाई नगरपालिका ८ बस्ने ५३ वर्षीय सन बहादुर तामाङको सिन्धुली अस्पतालमा उपचार भई रहेको छ ।

बालुवा मिसाएको नौ बोरा ढुटो नष्ट
रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले ११ हजार २ सय ५० रुपैया बराबरको नौ बोरा ढुटो नष्ट गरेको छ । जिल्लाको

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः अर्जुन श्रेष्ठ निर्वाचित
रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार । सिन्धुली उद्योग वाणिज्य संघमा अर्जुन कुमार श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिस्पर्धि राजकुमार

मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु
रेडियो सिन्धुलीगढी, २६ फागुन २०८१, सोमबार । सिन्धुलीको मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु भएको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था
प्रतिकृया दिनुहोस