डकाहामा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार ।

नेपाल कम्युनिष्ट पार्टी एमाले दुधौली नगर कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन गरेको छ । अभियानको सुरुआतमा आज डकाहामा नेता तथा कार्यकर्तालाई अभिमुखीकरण गरिएको छ ।

अभिमुखीकरणमा सदस्यता नबिकरण र बिस्तार, अन्तरविरोध समाधान तथा व्यवस्थापन, स्थानीय अधिवेशनहरु, जनतासँग जनसंगठन, युवा नेतृत्व विकासको कामः जेनजिसँग पार्टी अभियान, बैचारिक तथा राजनैतिक काम, साइवर हमलाको प्रतिवाद, विकास निर्माण र जनसरोकार र रचनात्मक कामहरुलाई अभियानसँगै जोडेर लैजाने नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिनुभयो  ।

नेकपा एमाले सिन्धुलीले ‘पुराना जगाउँ, नयाँ बढाऊ’ भन्ने नाराका साथ टोल टोलमा मसिनो योजनाका साथ पार्टी कामलाई अगाडि बढाउने बताएको छ ।
अभिमुखीकरणमा सिन्धुली जिल्ला इञ्चार्जसमेत रहनुभएका केन्द्रीय सदस्य मनोज जंग थापा, केन्द्रीय सदस्यहरु गणेश कुमार पहाडी, बिषमलाल अधिकारी,  उमा कोइराला र सुबास देवकोटा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल लगायत नेताहरु सहभागी भएका थिए ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीमा मोटरसाईकलमा ठोकिएर मृगको मृत्यु 

रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार ।  सिन्धुलीको कमलामाई नगरपालिका ७ बुका पुल नजिक हिजो मङ्गलवार  ६.५५ बजेको समयमा मोटरसाइकलसँग ठोकिदा एउटा

radiosindhuligadhhi

पोखरीमा डुबेर मरिण गाउँपालिकामा एक जनाको मृत्यु 

रेडियो सिन्धुलीगढी २३ माघ २०८१, बुधबार ।  सिन्धुलीको मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ५

radiosindhuligadhhi

नेकपा एसका केन्द्रीय सदस्य शान्ता पाख्रिनसहित दर्जन नेता–कार्यकर्ता एमालेमा फर्किए 

सिन्धुली । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसहित दर्जन नेता–कार्यकर्ता पार्टी त्यागेर नेकपा (एमाले)मा फर्किएका छन्। एमाले सिन्धुलीको तीन