पोखरीमा डुबेर मरिण गाउँपालिकामा एक जनाको मृत्यु
रेडियो सिन्धुलीगढी २३ माघ २०८१, बुधबार ।
सिन्धुलीको मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ५ बडिमुहान बस्ने सन्त बहादुर वाईबाका १८ बर्षीय छोरा आवाश वाईबा रहेका छन् ।
आफ्नो घरबाट एक सय मिटर उत्तरतर्फ रहेको निल कुमार विकको पानी पोखरीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
हिजो मंगलबार ३ ४५ बजेको समयमा पोखरीमा डुबीरहेको अवस्थामा मृतक वाईबाका आमाले देखेपछि उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा लगिएकोमा ४ १५ बजेको समयमा डाक्टरले मृत धोषणा गरेका थिए ।
मृतक वाईबाको शव प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा राखिएको र आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
डकाहामा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न
रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार । नेपाल कम्युनिष्ट पार्टी एमाले दुधौली नगर कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन
सिन्धुलीमा मोटरसाईकलमा ठोकिएर मृगको मृत्यु
रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ७ बुका पुल नजिक हिजो मङ्गलवार ६.५५ बजेको समयमा मोटरसाइकलसँग ठोकिदा एउटा
नेकपा एसका केन्द्रीय सदस्य शान्ता पाख्रिनसहित दर्जन नेता–कार्यकर्ता एमालेमा फर्किए
सिन्धुली । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसहित दर्जन नेता–कार्यकर्ता पार्टी त्यागेर नेकपा (एमाले)मा फर्किएका छन्। एमाले सिन्धुलीको तीन
प्रतिकृया दिनुहोस