सिन्धुलीको भिमानबाट लागु औषध सहित एक पुरुष नियन्त्रणमा

रेडियो सिन्धुलीगढी, २१ माघ २०८१, सोमबार ।
सिन्धुलीको भिमानबाट प्रहरीले लागु औषध खैरो हेरोईन सहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले भिमान चेकपोष्टमा बिराटनगरबाट काठमाडौ तर्फ जाँदै गरेको बा ५ ख ५९८८ नम्बरको हाईस गाडीमा सवार उदयपुरको त्रियुगा नगरपालिका २९ का हेमकान्त चौधरीलाई नियन्त्रणमा लिएको हो ।
हिजो आईतबार दिउँसो ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी अधिकृत सहितको टोलिले हाईसमा सवार चौधरीले लगाएको सर्टको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा ४.२ ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ बरामद गरेको थियो । चौधरीलाई लागु औषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिुन्धुलीले जनाएको छ ।
फिक्कलमा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी एमाले फिक्कल गाउँ कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन गरेको छ । अभियानको सुरुआतमा

सिन्धुलीमा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
सिन्धुली । सिन्धुलीमा बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ मा शुक्रवार बिहान इभी गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि एक

डकाहामा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न
रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार । नेपाल कम्युनिष्ट पार्टी एमाले दुधौली नगर कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन
प्रतिकृया दिनुहोस