गौमती माविको ५८ औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न 

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, २० माघ २०८१, आईतबार ।

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ माढिबजारमा रहेको गौमती माध्यमिक विद्यालयको ५८ औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलामाई नगरपालिका ७ का वडा अध्यक्ष कर्ण घिसिङ्को अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमख आतिथ्यतामा भएको कार्यक्रम आज (आईतबार) विद्यालयको प्राङगणमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख पोखरेलले शिक्षक, विद्यार्थी र अभिभावकबिचको सम्बन्ध सुमधुर भएमात्र शिक्षामा अपेक्षित सुधार हाँसिल गर्न सकिने बताउँनु भयो ।

बालबालिकाको पहिलो पाठशाला घर नै भएकाले आफ्नो नानीबाबुहरुको शैक्षिक उपलब्धिबारे सधैँ चिन्ता र चासोको रुपमा अभिभावकले लिनुपर्ने उहाँको भनाई छ ।

उहाँले धेरै विद्यार्थी भएका विद्यालय तथा टाढा टाढा बाट विद्यालय आउँने विद्यार्थीहरुलाई मध्यनजर गर्दै आवतजावतमा सहजताका लागी अवको आर्थिक बर्षबाट सिन्धुलीका तीनवटा विद्यालयलाई बस हस्तान्तरण गरिने बताउँनु भयो ।

कार्यक्रममा शिक्षक अनुशासित भएमात्र विद्यार्थी अनुशासित हुने बताउँदै उहाँले गुणस्तरीय शिक्षा प्रदानका लागी विद्यालयका शिक्षकहरुलाई आग्रह पनि गर्नु भयो ।

उहाँले विद्यार्थीहरुलाई विद्यालयमा किताबी ज्ञान सँगसँगै सिर्जनशील र व्यावहारिक कुराहरु सिकाउनु पर्ने कुरामा जोड दिनु भयो ।
 
कार्यक्रममा विद्यालयको बार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक दिपक कुमार बुढाथोकीले प्रस्तुत गर्न भएको थियो ।

कार्यक्रममा कक्षागत प्रथम, दितीय, तृतिय हुने तथा खेलकुदमा उत्कृष्ठ हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने उत्कृष्ठ शिक्षकलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, विद्यालयका शिक्षक, शिक्षिका, पुर्व विद्यार्थी, विद्यार्थी, अभिभावक लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीमा मोटरसाईकलमा ठोकिएर मृगको मृत्यु 

रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार ।  सिन्धुलीको कमलामाई नगरपालिका ७ बुका पुल नजिक हिजो मङ्गलवार  ६.५५ बजेको समयमा मोटरसाइकलसँग ठोकिदा एउटा

radiosindhuligadhhi

पोखरीमा डुबेर मरिण गाउँपालिकामा एक जनाको मृत्यु 

रेडियो सिन्धुलीगढी २३ माघ २०८१, बुधबार ।  सिन्धुलीको मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ५

radiosindhuligadhhi

नेकपा एसका केन्द्रीय सदस्य शान्ता पाख्रिनसहित दर्जन नेता–कार्यकर्ता एमालेमा फर्किए 

सिन्धुली । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसहित दर्जन नेता–कार्यकर्ता पार्टी त्यागेर नेकपा (एमाले)मा फर्किएका छन्। एमाले सिन्धुलीको तीन