वुद्धिजीवीहरुसँग सिन्धुली २ का एमाले उम्मेदवारको छलफल

सिन्धुली । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी कमलामाई नगरपालिका वडा नम्बर १ देखि ७ सम्मका बुद्धिजीवी तथा अगुवा व्यक्तित्वहरुसँग नेकपा एमाले सिन्धुली क्षेत्र नम्बरं २ का उम्मेदवार मनोज जंग थापाले छलफल गर्नुभएको छ ।
छलफल कार्यक्रममा सिन्धुलीका बौद्धिक व्यक्तित्वहरु शंखरनाथ शर्मा, फाल्गुनी शर्मा, गोर्कण थापा, भिम विक्रम थापा, सरोज ढकाल, लगायतका कनपा १ देखि ७ सम्मका बौद्धिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी व्यक्तित्वहरुले नेकपा एमालेलाई विजयी गराउँन गाउँ तथा सहर केन्द्रित घरदैलौ अभियानलाई तीव्रता दिनुपर्ने, नेता तथा कार्यकर्ताले आरोपप्रत्यारोप, आवेगभन्दा पनि संयमित र एकजुट भएर अगाडी बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा क्षेत्र नम्बरं २ का उम्मेदवार मनोज जंग थापाले हाम्रा सन्ततीको भविष्यलाई सुनिश्चित गर्नका निमित्त लोकतान्त्रिक प्रक्रियालाई पुन सुचारु गर्ने अभियानमा नेकपा एमाले रहेको बताउँनु भयो ।
अहिले सामाजिक संजालमार्फत आम नागरिकमा पुराना राजनितिक दलहरु प्रति वितृष्णा सिर्जना गराई ती राजनितिक दलहरुको काम छैन भन्ने गलत भाष्य सिर्जना गराईएको बताउँदै उहाँले पुराना राजनितिक दलहरुबिना नयाँको अस्तित्व नरहने उल्लेख गर्नुभयो । नयाँ दलहरुले समाजमा धार्मिक, सामाजिक, साँस्कृतिक लगायतका द्धन्द्ध सिर्जना गर्नलागि परेको बताउँदै सानादलहरु उर्लिदो खहरे भएको र यीनीहरु धेरै समयन नटिक्ने बताउँनु भयो ।
डिरेल भएको लोकतान्त्रिक प्रक्रियालाई लयमा फर्काउनु आजको मुख्य आवश्यकता भएकोले यस चुनावलाई विशेष महत्वका साथ हेरिएको र चुनावमा संयमित भएर सचेतता पुर्वक आफ्नो मत जाहेर गर्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।



पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न माग गर्दै एमाले सिन्धुलीले बुझायो बिरोध पत्र
रेडियो सिन्धुलीगढी, १५ चैत २०८२, आईतबार । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री

सिन्धुलीको दुवै क्षेत्रमा रास्वपा विजयी
रेडियो सिन्धुलीगढी, २३ फागुन २०८२, शनिबार । सिन्धुलीको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विजयी भएका छन् ।

फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सिन्धुलीमा नमुना मतदान कार्यक्रम सम्पन्न
रेडियो सिन्धुलीगढी, ०९ फागुन २०८२, शनिबार । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सिन्धुलीमा नमुना मतदान कार्यक्रमको




प्रतिकृया दिनुहोस