गोलन्जोर गाउँपालिकालाई सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण
रेडियो सिन्धुलीगढी, २० माघ २०८१, आईतबार ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकालाई सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरिएको छ । ब्याक टु लाइफ इभि जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा सामुदायिक पद्धति विकास सेवा (सिएसडिएस ) सिन्धुलीले १५ थान सेनिटरी प्याड डिस्पोजल मेसिन गोलन्जोर गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
गाउँपालिकामा एक कार्यक्रमाका विच ब्याक टु लाइफका म्यानेजर अनुप पौडेलले गाउँपालिका अधयक्ष शंकरराज बराललाई आइतबार सेनिटरी डिस्पोजल मेसिन हस्तान्तरण गरेका हुन ।
गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई लक्षित गरी मेसिन उपलब्ध गराएको ब्याक टू लाईफका म्यानेजर पौडेलले जानकारी दिनु भयो ।
गाउँपालिका अध्यक्ष बरालले हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै, सेनिटरी प्याड वितरण गर्दै आए पनि प्रयोग पश्चात् व्यवस्थापनमा समस्या हुँदै आएकोले यस वर्षबाट गाउँपालिकामा प्राप्त नष्ट गर्ने मेसिन आवश्यकता अनुसार विद्यालयहरुमा पठाउने बताउँनु भयो । बिद्यालयमा अध्यरत किशोरीहरूको स्वास्थ्य र पर्यावरण संरक्षणको दिशामा महत्वपूर्ण कदम हो भनेर जोड दिए। उनले यसले किशोरीहरूलाई स्वच्छता सामग्रीको उचित ब्यबस्थापन गर्न सजिलो हुने र स्वास्थ्य सम्बन्धी समस्याहरू घटाउन मद्दत बताउँनु भयो ।
विद्यालयमा अध्ययनरत छात्राहरूलाई सेनिटरी प्रयोग पश्चात् व्यवस्थापनमा समस्या देखिएकोमा डिस्पोजल मेसिन प्राप्त पछि व्यवस्थापन गर्न सहज हुने गोलन्जोर गाउँपालिका शिक्षा शाखामा कार्यरत सुस्मा आचार्यले बताउँनु भयो । यो मेसिनहरू स्थानीय विद्यालयमा राखिने छ । प्रयोग भइसकेका सेनिटरी प्याड मेसिनमा हालेपछि मेसिनले जलाएर खरानी बनाउने गर्छ । प्याड जथाभावी फाल्दा फोहोर हुने र शौचालयको प्यान नै टालिने समस्या हुने गरेकाले ब्याक टु लाइफबाट मेसिन सहयोग भएपछि सहज हुने आचार्यले जानकारी दिनु भयो ।
सिन्धुलीमा मोटरसाईकलमा ठोकिएर मृगको मृत्यु
रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ७ बुका पुल नजिक हिजो मङ्गलवार ६.५५ बजेको समयमा मोटरसाइकलसँग ठोकिदा एउटा
पोखरीमा डुबेर मरिण गाउँपालिकामा एक जनाको मृत्यु
रेडियो सिन्धुलीगढी २३ माघ २०८१, बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ५
नेकपा एसका केन्द्रीय सदस्य शान्ता पाख्रिनसहित दर्जन नेता–कार्यकर्ता एमालेमा फर्किए
सिन्धुली । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसहित दर्जन नेता–कार्यकर्ता पार्टी त्यागेर नेकपा (एमाले)मा फर्किएका छन्। एमाले सिन्धुलीको तीन
प्रतिकृया दिनुहोस