एमालेको कनपा ८ मा निर्वाचन प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना

सिन्धुली ।
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कमलामाई नगरपालिका ८ मा निर्वाचन प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ । वडा कमिटिका अध्यक्ष चन्द्र बहादुर मुक्तानको अध्यक्षतामा बसेको बैठकले नेकपा एमाले जिल्ला कमिटिका सदस्य तथा कनपा ८ का वडा इन्चार्ज टिका बहादुर मुक्तानको नेतृत्वमा २ सय २५ सदस्यीय चुनावी प्रचार प्रसार कमिटी गठन गरिएको छ ।
नेकपा एमाले जिल्ला कमिटि सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङका अनुसार निर्वाचन लाई व्यवस्थित गर्न भोलिबाट वडा अन्तर्गतका ८ वटा टोल कमिटिमा बैठक बसी छलफल गरिने छ ।


यसैबिच, नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको बैठकले ५०३१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सिन्धुली क्षेत्र नं २ निर्वाचन परिचालन कमिटीका संयोजक एबम् एमाले केन्द्रीय सदस्य निरू दर्लामीको अध्यक्षतामा बसेको बैठकले कमल जंग राईको नेतृत्वमा ठूलो संख्यामा निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।
पालिका अध्यक्ष मान बहादुर वाइबाका अनुसार निर्वाचन लाई व्यवस्थित गर्न हरिहरपुर गढीका सबै वडा कार्यालयमा प्रचार प्रसार कार्यालय स्थापना गरिने छ ।
बैठकलाई सम्बोधन गर्दै नेता निरू दर्लामीले निर्वाचन लाई केन्द्रित गरेर पार्टीका कामहरू अगाडि बढाउन निर्देशित दिइन् । क्षेत्र नं २ का उम्मेदवार मनोज जंग थापाले हरीहरपुर गढी क्षेत्रको बृहत्तर विकास र समृद्धिको लागि आफ्नो सक्रियता रहने बताए । उनले गौरवमय इतिहास बोकेको हरिहरपुर गढीको पुननिर्माणका लागि आफूले डिपिआर बनाएको र त्यसलाई कार्यान्वयनमा लैजान लागि पर्ने बताए ।


पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएकोमा अकोराबको विरोध, तत्काल र निःशर्त रिहा गर्न नेपाल मिडिया सोसाइटी माग
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालले आपत्ति जनाउँदै स्थापित न्यायिक प्रक्रियाबाट समाधान

पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न माग गर्दै एमाले सिन्धुलीले बुझायो बिरोध पत्र
रेडियो सिन्धुलीगढी, १५ चैत २०८२, आईतबार । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री

सिन्धुलीको दुवै क्षेत्रमा रास्वपा विजयी
रेडियो सिन्धुलीगढी, २३ फागुन २०८२, शनिबार । सिन्धुलीको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विजयी भएका छन् ।





प्रतिकृया दिनुहोस