गौमती माविको ५८ औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
रेडियो सिन्धुलीगढी, २० माघ २०८१, आईतबार ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ माढिबजारमा रहेको गौमती माध्यमिक विद्यालयको ५८ औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलामाई नगरपालिका ७ का वडा अध्यक्ष कर्ण घिसिङ्को अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमख आतिथ्यतामा भएको कार्यक्रम आज (आईतबार) विद्यालयको प्राङगणमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख पोखरेलले शिक्षक, विद्यार्थी र अभिभावकबिचको सम्बन्ध सुमधुर भएमात्र शिक्षामा अपेक्षित सुधार हाँसिल गर्न सकिने बताउँनु भयो ।
बालबालिकाको पहिलो पाठशाला घर नै भएकाले आफ्नो नानीबाबुहरुको शैक्षिक उपलब्धिबारे सधैँ चिन्ता र चासोको रुपमा अभिभावकले लिनुपर्ने उहाँको भनाई छ ।
उहाँले धेरै विद्यार्थी भएका विद्यालय तथा टाढा टाढा बाट विद्यालय आउँने विद्यार्थीहरुलाई मध्यनजर गर्दै आवतजावतमा सहजताका लागी अवको आर्थिक बर्षबाट सिन्धुलीका तीनवटा विद्यालयलाई बस हस्तान्तरण गरिने बताउँनु भयो ।
कार्यक्रममा शिक्षक अनुशासित भएमात्र विद्यार्थी अनुशासित हुने बताउँदै उहाँले गुणस्तरीय शिक्षा प्रदानका लागी विद्यालयका शिक्षकहरुलाई आग्रह पनि गर्नु भयो ।
उहाँले विद्यार्थीहरुलाई विद्यालयमा किताबी ज्ञान सँगसँगै सिर्जनशील र व्यावहारिक कुराहरु सिकाउनु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा विद्यालयको बार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक दिपक कुमार बुढाथोकीले प्रस्तुत गर्न भएको थियो ।
कार्यक्रममा कक्षागत प्रथम, दितीय, तृतिय हुने तथा खेलकुदमा उत्कृष्ठ हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने उत्कृष्ठ शिक्षकलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, विद्यालयका शिक्षक, शिक्षिका, पुर्व विद्यार्थी, विद्यार्थी, अभिभावक लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
डकाहामा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न
रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार । नेपाल कम्युनिष्ट पार्टी एमाले दुधौली नगर कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन
सिन्धुलीमा मोटरसाईकलमा ठोकिएर मृगको मृत्यु
रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ७ बुका पुल नजिक हिजो मङ्गलवार ६.५५ बजेको समयमा मोटरसाइकलसँग ठोकिदा एउटा
पोखरीमा डुबेर मरिण गाउँपालिकामा एक जनाको मृत्यु
रेडियो सिन्धुलीगढी २३ माघ २०८१, बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ५
प्रतिकृया दिनुहोस