ब्याक टु लाइफको सहयोगमा गोलन्जोरमा तीन हेल्थपोष्ट भवन निर्माण सुरु

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ०९ माघ २०८१, बुधबार ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा तीन वटा सुविधा सम्पन्न सामुदायिक स्वास्थ्य केन्द्र बन्ने भएका छन् । गोलन्जोर गाउँपालिकाको वडा नं. ६ घोक्सिला, वडा नं. ४ तीनकन्याको किराँते र माझकुविण्डेमा सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण हुने भएका हुन् ।
 
गाउँपालिका अध्यक्ष शंकराज बराल र ब्याक टु लाइफका निर्देशक  अच्युत प्रसाद पौडेलले वडा नं. ४ किराँते सामुदायिक स्वास्थ्य केन्द्र, माझकुविन्डेमा रहेको तीनकन्या सामुदायिक स्वास्थ्य केन्द्र र घोक्सीला सामुदायिक स्वास्थ्य केन्द्रको भवन संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
 
ब्याक टु लाइफ इभि जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको ४ करोड ७१ लाख रुपैंया बराबरको लागतमा हेल्थपोष्ट हरूको निर्माण सुरु गरिएको छ । ब्याक टु लाइफको स्थानीय साझेदार संस्था समुदाय पद्धति विकास सेवा (सिएसडिएस) सिन्धुलीका ओभरसियर करण कार्कीका अनुसार नेपाल सरकारले तोकेको हेल्थ पोस्ट भवनको मापदण्ड अनुसार डिजाइन गरिएको छ ।
 
ब्याक टु लाईफको ईभी जर्मनको सहयोगमा निर्माण हुने सामुदायिक स्वास्थ्य केन्द्रमा आकस्मिक कक्ष, औषधी कक्ष, प्रसूती क्षक, पूर्व प्रसूति कक्ष, उपचार कक्ष, दर्ता कक्ष, चिकित्सक कक्ष र बहु उपयोगी कक्ष समेत रहेका छन् ।  निर्माणको जिम्मा वेदालय कन्ट्रक्सन भक्तपुरले पाएको छ । 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

यात्रा संस्मरण : सिन्धुलीदेखि धादिङसम्म

बिमला रजन मगर, २६ जेठ २०८०, शुक्रबार / जेठ १ गतेको  समय हो रात छिप्पीदै गईरहेको थियो । २ गतेको यात्रामा बागमती प्रदेसको राजधानी हेटौडा जानु थियो, यात्रा

radiosindhuligadhhi

सुनकोसी–मरिन डाइभर्सनको सुरुङ खन्ने काम सुरु

सिन्धुली – मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको सुरुङ खन्ने काम सुरु भएको छ । अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) बाट सुरुङ खन्ने काम सुरु भएको आयोजना

radiosindhuligadhhi

बिपन्न घरपरिवारका विद्यार्थीहरुलाई वडा अध्यक्षद्धारा शैक्षिक सामाग्री वितरण

रेडियो सिन्धुलीगढी, १२ कात्तिक २०७८, शुक्रबार/ कमलामाइ नगरपालिका वडा नम्बर ५ कमला माध्यामिक विद्यालय सिलामेमा अध्ययनरत  बिपन्न घरपरिवारका