सुनकोसी–मरिन डाइभर्सनको सुरुङ खन्ने काम सुरु

radiosindhuligadhhi

सिन्धुली – मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको सुरुङ खन्ने काम सुरु भएको छ । अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) बाट सुरुङ खन्ने काम सुरु भएको आयोजना प्रमुख मित्र बरालले जानकारी दिनुभयो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी–मरिन डाइभर्सनको १३ दशमलव तीन किलोमिटर सुरुङ आउँदो २२ महिनामा खनिसक्ने लक्ष्य राखिएको छ । भौगर्भिकरूपमा कुनै समस्या नआए समय तालिकाभित्रै सुरुङ खन्ने काम सकिने आयोजना प्रमुख बरालले बताउनुभयो । आयोजनाका लागि सरकारले चालु आर्थिक वर्षमा दुई अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आयोजनाको २०७७ फागुन २० गते शिलान्यास भएको थियो ।

सुनकोसी गाउँपालिका वडा नम्बर ७ कानढुङ्ग्रीमा सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोसी नदीमा डाइभर्सनको संरचना निर्माण गरी सुनकोसीको झन्डै ६७ क्युमेक पानीलाई कमलामाई नगरपालिका वडा नम्बर २ कुसुमटारमा रहेको मरिन खोलामा खसाल्ने योजना रहेको छ । त्यसपछि बाग्मती सिँचाइ आयोजनाको संरचनामार्फत तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको झन्डै एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ । सिँचाइसँगै ३१ दशमलव ०७ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिनेछ ।
आयोजनाको सुरुङ निर्माणका लागि चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपसँग सम्झौता भएको छ ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

यात्रा संस्मरण : सिन्धुलीदेखि धादिङसम्म

बिमला रजन मगर, २६ जेठ २०८०, शुक्रबार / जेठ १ गतेको  समय हो रात छिप्पीदै गईरहेको थियो । २ गतेको यात्रामा बागमती प्रदेसको राजधानी हेटौडा जानु थियो, यात्रा

radiosindhuligadhhi

बिपन्न घरपरिवारका विद्यार्थीहरुलाई वडा अध्यक्षद्धारा शैक्षिक सामाग्री वितरण

रेडियो सिन्धुलीगढी, १२ कात्तिक २०७८, शुक्रबार/ कमलामाइ नगरपालिका वडा नम्बर ५ कमला माध्यामिक विद्यालय सिलामेमा अध्ययनरत  बिपन्न घरपरिवारका

radiosindhuligadhhi

कमलामाई नगरपालिका ९ भिमानमा रहेको दिवा -सेवा भवन उद्घाटन

कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानमा रहेको दिवा सेवा भवनको उद्घाटन गरिएको छ ।  आज ३१ आँै अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा कमलामाई