कमलामाई नगरपालिका ९ भिमानमा रहेको दिवा -सेवा भवन उद्घाटन

radiosindhuligadhhi

कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानमा रहेको दिवा सेवा भवनको उद्घाटन गरिएको छ ।  आज ३१ आँै अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा कमलामाई नगरपालिकाका नगर प्रमुद खड्ग बहादुर खत्रिको अध्यक्षतामा एक कार्यक्रम गरि भवन उद्घाटन गरिनुका साथै जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा नम्बर ९ का अध्यक्ष देवराज पौडेलले बताउनुभयो ।


कार्यक्रममा स्थानिय ९२ वर्षिय कृष्ण हरि अधिकारीलाई सम्मान गरिएको थियो । जेष्ठ नागरिकहरुलाई दिनको समयमा बस्न, योगा गर्न र विश्रामको लागि नगरपालिकाले उक्त भवनको निर्माण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँका अनुसार कमलामाई नगरपालिकाको १४ वटै वडामा दिवासेवा भवन निर्माण गरिने छ । उक्त भवन निर्माणको लागि नगरपालिकाले प्रत्यक वडालाई ५ लाख बजेट छुट्याईको थियो । 
हालसम्म ७ वटा वडामा भवन निर्माण सम्पन्न भईसकेको छ भने ७ वटा वडामा निर्माणको प्रक्रियामा रहेको छ । 


आज उद्घाटन गरिएसंगै उक्त भवनमा नगरपालिकाले एल.सि.डि. टिभि र ईन्टरनेटको सुविधा पनि उपलब्ध गराईएको छ । कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, वडा नम्बर ९ र १० का वडा अध्यक्ष, जेष्ठ नागरिक समाजका जिल्ला अध्यक्ष, सचिव, कोषाध्यक्ष, जेष्ठ नागरिक समाज कमलामाई नगरपालिकाका नगर अध्यक्ष, जनजागृति माध्यामिक विद्यालय भिमानका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम कमलामाई नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख वविन्द्रलाल माझीले संचालन गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

यात्रा संस्मरण : सिन्धुलीदेखि धादिङसम्म

बिमला रजन मगर, २६ जेठ २०८०, शुक्रबार / जेठ १ गतेको  समय हो रात छिप्पीदै गईरहेको थियो । २ गतेको यात्रामा बागमती प्रदेसको राजधानी हेटौडा जानु थियो, यात्रा

radiosindhuligadhhi

सुनकोसी–मरिन डाइभर्सनको सुरुङ खन्ने काम सुरु

सिन्धुली – मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको सुरुङ खन्ने काम सुरु भएको छ । अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) बाट सुरुङ खन्ने काम सुरु भएको आयोजना

radiosindhuligadhhi

बिपन्न घरपरिवारका विद्यार्थीहरुलाई वडा अध्यक्षद्धारा शैक्षिक सामाग्री वितरण

रेडियो सिन्धुलीगढी, १२ कात्तिक २०७८, शुक्रबार/ कमलामाइ नगरपालिका वडा नम्बर ५ कमला माध्यामिक विद्यालय सिलामेमा अध्ययनरत  बिपन्न घरपरिवारका