नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति सिन्धुलीद्धारा बाढीपीडित परिवारहरुका लागी राहत हस्तान्तरण
सिन्धुली ।
नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति सिन्धुलीले गोलन्जोर गाउँपालिका अन्तर्गतका बाढीपीडित परिवारहरुका लागी राहत हस्तान्तरण गरेको छ । मित्रराष्ट्र भारतको ७४ औ गणतन्त्र दिवसको अवसरमा पालिका अन्तर्गतका बाढीपीडित परिवारहरुका लागी राहत हस्तान्तरण गरेको हो ।
गाउँपालिकाको कार्यालयमा हिजो आईतबार आयोजित एक कार्यक्रमका बिच नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति सिन्धुलीले २५ के.जि चामलको वोरा एक सय थान र १ सय ९७ थान कम्मल गाउँपालिकालाई सहयोग स्वरुप प्रदान गरेको छ ।
यसैबिच, सुनकोशी गाउँपालिका अन्तर्गतका बाढीपीडित परिवारहरुको लागि पनि २ सय बोरा चामल र २ सय ८१ थान कम्मल राहत हस्तान्तरण गरिएको छ । गाउँपालिकाहरुले सहयोगको लागि नेपाल भारत मैत्री संघ केन्द्रिय कार्यालय काठमाण्डौं र नेपाल भारत मैत्री संघ, जिल्ला कार्य समिति सिन्धुलीलाई धन्यवाद व्यक्त गरेका छन् ।
राहत हस्तान्तरण कार्यक्रममा नेपाल भारत मैत्री संघ केन्द्रिय कार्यालय काठमाण्डौंका पदाधिकारीहरु, गाउँपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरु लगायत स्थानीयवासीहरुको संयुक्त उपस्थिति रहेको थियो ।
कमलामाई नगरपालिका ९ भिमानमा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न
रेडियो सिन्धुलीगढी, २४ पुष २०८१, बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानको सुबिधा नगरमा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सिन्धुली जिल्लाको पहिलो सामुदायिक रेडियो सिन्धुलीगढी १८ औँ वर्षमा प्रवेश
रेडियो सिन्धुलीगढी,२४ पुष २०८१, बुधबार । सिन्धुली जिल्लाको पहिलो सामुदायिक रेडियो सिन्धुलीगढी एफएम ९२ मेगार्हज १८ वर्षमा प्रवेश गरेको छ । २०६४ साल
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ सिन्धुलीको १२ औ वार्षिक साधारण सभा सम्पन्न
रेडियो सिन्धुलीगढी, २३ पुष २०८१, मंगलबार । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्यसमिति सिन्धुलीको १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
प्रतिकृया दिनुहोस