वि.पि.राजमार्गमा चल्ने विभिन्न सवारी साधनका चालकहरुको ला.प.से परिक्षण 

सिन्धुली । वि.पि. राजमार्गमा चल्ने विभिन्न सवारी साधनका चालकहरुको लागु पदार्थ सेवन परिक्षण गरिएको छ । सवारी दुर्घटना न्युनिकरण गर्ने र सवारी साधनको माध्यमबाट लागु पदार्थ ओसारपसारको कार्यलाई रोकथाम गर्ने उद्वेश्यले चालकहरुको लागु पदार्थ सेवन परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला  ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको संयुक्त आयोजना तथा जिल्ला जन–स्वास्थ्य कार्यालय, सिन्धुलीको प्राविधिक सहयोगमा इलाका प्रहरी कार्यालय,भिमानबाट खटिएको संयुक्त टोलीले भिमानमा ६५ वटा सवारी साधनका चालकहरुको लागु पदार्थ सेवन परिक्षण गरिएको छ ।

 परिक्षणमा ७ जना चालकहरुले  लागु पदार्थ सेवन गरेको पोजेटिभ भेटिएको हुँदा उनीहरुलार्ई लागु औषध नियन्त्रण ऐन वमोजिम आवश्यक कारवाहीको लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

कमलामाई नगरपालिका ९ भिमानमा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न 

रेडियो सिन्धुलीगढी, २४ पुष २०८१, बुधबार ।  सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानको सुबिधा नगरमा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

radiosindhuligadhhi

सिन्धुली जिल्लाको पहिलो सामुदायिक रेडियो सिन्धुलीगढी १८ औँ वर्षमा प्रवेश

रेडियो सिन्धुलीगढी,२४ पुष २०८१,  बुधबार । सिन्धुली जिल्लाको पहिलो सामुदायिक रेडियो सिन्धुलीगढी एफएम ९२ मेगार्हज १८ वर्षमा प्रवेश गरेको छ । २०६४ साल

radiosindhuligadhhi

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ सिन्धुलीको १२ औ वार्षिक साधारण सभा सम्पन्न 

रेडियो सिन्धुलीगढी, २३ पुष २०८१, मंगलबार ।  नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्यसमिति सिन्धुलीको १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।