हरिहरपुरगढी गाउँपालिकामा संचालन भएको आँखा शिविरमा ५ सय वढीले लिए सेवा  

radiosindhuligadhhi

 

रेडियो सिन्धुलीगढी, २० मंसिर २०८१, बिहिबार ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा संचालन भएको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । कारितास नेपालको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा संचालन भएको २ दिने शिविर आज (बिहिबार) सम्पन्न भएको हो ।

शिविरको पहिलो दिन हिजो (बुधबार) ३ सय १ र आज (बिहिबार) २ सय २५ जनाको निशुल्क आँखा परीक्षण गरिएको कारितास नेपालका सामाजिक परिचालक नेत्र बैजुले जानकारी दिनु भयो । शिविरमा ९१ जनालाई निशुल्क चस्मा वितरण गर्नुका साथै ३ सय जनालाई औषधी वितरण गरिएको छ । 

शिविरमा आँखा जाँच गराएका मध्ये १५ जनालाई मोतिवन्दिुको समस्या देखिएको कारितास नेपालका सामाजिक परिचालक बैजुले जानकारी दिनु भयो । शिविर हिजो बुधबार र आज विहिबार वडा नम्बर ३ मा रहेको श्री भानुभक्त मा.वि तिनकुनामा संचालन भएको थियो ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

सिन्धुलीमा एचपिभि खोप अभियान सुरु

  रेडियो सिन्धुलीगढी, २२ माघ २०८१, मंगलबार । सिन्धुलीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप अभियानको शुभारम्भ

radiosindhuligadhhi

सिन्धुलीका १४ हजार बढी किशोरीहरुलाई एचपिभि खोप लगाईने

रेडियो सिन्धुलीगढी, १४ माघ २०८१, सोमबार । सिन्धुलीका १४ हजार ६ सय २२ जना किशोरीलाई महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन

radiosindhuligadhhi

हरिहरपुरगढीमा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सेवाको सुनिश्चतता सम्बन्धी वडा स्तरीय पैरवी गोष्ठी सम्पन्न 

रेडियो सिन्धुलीगढी, २३ पुष २०८१, मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सेवाको सुनिश्चतता सम्बन्धी