हरिहरपुरगढी गाउँपालिकामा घर आगलागी हुँदा एक लाख बढीको क्षति
..jpeg)
रेडियो सिन्धुलीगढी, ३० साउँन २०८१, बुधबार ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ माथिल्लो चिसापानीमा रहेको उमेश गोलेको घरमा आगलागी हुँदा १ लाख रुपैयाँ बढीको क्षति भएको छ । गोलेको दुई तले काठको कच्ची घरमा आगलागी हँदा एक लाख चालिस हजार रुपैयाँ बराबरको क्षति भएको हो ।
मंगलबार दिउँसो १.२० बजेको समयमा भान्साको चुलोबाट आगो सल्किदाँ घर जलेर पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशब कुमार कटुवालले जानकारी दिनुभयो ।
आगलागीबाट गोलेको घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा तथा कच्चीघर पुर्ण रुपमा जलेर नष्ट भएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हुनाले मानवीय तथा पशुचौपायमा क्षति नभएको प्रहरीले जनाएको छ ।

बालुवा मिसाएको नौ बोरा ढुटो नष्ट
रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले ११ हजार २ सय ५० रुपैया बराबरको नौ बोरा ढुटो नष्ट गरेको छ । जिल्लाको

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः अर्जुन श्रेष्ठ निर्वाचित
रेडियो सिन्धुलीगढी, २८ फागुन २०८१, बुधबार । सिन्धुली उद्योग वाणिज्य संघमा अर्जुन कुमार श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिस्पर्धि राजकुमार

मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु
रेडियो सिन्धुलीगढी, २६ फागुन २०८१, सोमबार । सिन्धुलीको मरिण गाउँपालिकामा सरफ बनाउँने तालिम सुरु भएको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था
प्रतिकृया दिनुहोस