हरिहरपुरगढी गाउँपालिकामा घर आगलागी हुँदा एक लाख बढीको क्षति

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी, ३० साउँन २०८१, बुधबार ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ माथिल्लो चिसापानीमा रहेको उमेश गोलेको घरमा आगलागी हुँदा १ लाख रुपैयाँ बढीको क्षति भएको छ । गोलेको दुई तले काठको कच्ची घरमा आगलागी हँदा एक लाख चालिस हजार रुपैयाँ बराबरको क्षति भएको हो । 

मंगलबार दिउँसो १.२० बजेको समयमा भान्साको चुलोबाट आगो सल्किदाँ घर जलेर पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशब कुमार कटुवालले जानकारी दिनुभयो ।

आगलागीबाट गोलेको घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा तथा कच्चीघर पुर्ण रुपमा जलेर नष्ट भएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हुनाले मानवीय तथा पशुचौपायमा क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभा सम्पन्न

रेडियो सिन्धुलीगढी, ०३ असोज २०८१, बिहिबार । स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी

radiosindhuligadhhi

कमलामाई नगरपालिका ६ बालमैत्री वडा घोषणा

रेडियो सिन्धुलीगढी, २९ भदौ २०८१, शनिबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । “बालबालिकामा लगानीः

radiosindhuligadhhi

विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना 

रेडियो सिन्धुलीगढी, २५ भदौ २०८१, मंगलबार । विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जनस्वास्थ्य