सिन्धुलीमा बन्चरो प्रहार गरेर छोराले गरे बाबुको हत्या
रेडियो सिन्धुलीगढी, २९ साउँन २०८१, मंगलबार ।
सिन्धुलीमा छोराले बन्चरो प्रहार गरेर बाबुको हत्या गरेका छन् । हरिहरपुरगढी गाउँपालिका ७ पन्चचौरी स्थित लामपाते बस्ने अन्दाजी २१ बर्षीय अमृत घिमिरे (बि.क)ले आफ्नै अन्दाजी ५८ बर्षीय बाबु लाल बहादुर घिमिरे (बि.क.) को हत्या गरेका हन् ।
हिजो राती साढे आठ बजेको समयमा माईला छोरा अमृतले सुतेकै स्थानमा गई बन्चरोले टाउकोमा प्रहार गर्दा बुवा लाल बहादुरको घटनास्थलमै मृत्यु भएको थियो । बन्चरो प्रहारबाट घटनास्थलमानै मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी अधिकृत समेत टोली खटि गएको थियो । प्रहरीले बन्चरो प्रहार गर्ने अमृतलाई नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुलीको भिमानबाट सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गरगहना बरामद
रेडियो सिन्धुलीगढी, १ माघ २०८१, मंगलबार । सिन्धुलीको भिमानबाट प्रहरीले सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गरगहना नियन्त्रणमा लिएको छ । हिजो
मानवअधिकार एलाइन्स सिन्धलीको अध्यक्षमा पुनः पौडेल निर्वाचित
रेडियो सिन्धुलीगढी, २८ पुष २०८१, आईतबार । मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) सिन्धुलीको छैठौं जिल्ला अधिवेशनले अधिकारकर्मी
नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सिन्धुलीको अध्यक्षमा बिमला मगर निर्वाचित
रेडियो सिन्धुलीगढी, २७ पुष २०८१, शनिबार । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सिन्धुलीको अध्यक्षमा बिमला रजन मगर निर्वाचित भएकी छन् । आज शनिवार
प्रतिकृया दिनुहोस