हरिहरपुरगढी गाउँपालिकाले कृषकलाई एभोकाडोको बिरुवा वितरण गर्ने
रेडियो सिन्धुलीगढी, २२ साउँन २०८१, मंगलबार ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले कृषकलाई एभोकाडोको बिरुवा वितरण गर्ने भएको छ । आर्थिक बर्ष २०८१ र ०८२ को बार्षिक स्वीकृत कृषि विकास कार्यक्रम अन्तर्गत कृषकलाई बिरुवा वितरण गर्न लागिएको हो । गाउँपालिकाले हिजो ९सोमबार० एक सूचना जारी गर्दै गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ का कृषकलाई बिरुवा वितरण गरिने जनाएको छ ।
एभोकाडोको विरुवा लिन चाहाने ईच्छुक कृषकहरुले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाको जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि, ऐलानी जग्गा भएमा निस्सा कार्ड र सम्बन्धित वडा कार्यालयको सिफारिस सहित यहि साउँन ३२ गते शुक्रबार भित्र पालिका अन्तर्गतको प्रशासनिक ईकाइ, पान्तले कृषि सेवा केन्द्र वा गाउँ कार्यापालिकाको कार्यालय, झनझनेको कृषि विकास शाखामा निवेदन पेश गर्न गाउँपालिकाले सूचना मार्फत अनुरोध गरेको छ ।
सिन्धुलीको भिमानबाट सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गरगहना बरामद
रेडियो सिन्धुलीगढी, १ माघ २०८१, मंगलबार । सिन्धुलीको भिमानबाट प्रहरीले सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गरगहना नियन्त्रणमा लिएको छ । हिजो
मानवअधिकार एलाइन्स सिन्धलीको अध्यक्षमा पुनः पौडेल निर्वाचित
रेडियो सिन्धुलीगढी, २८ पुष २०८१, आईतबार । मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) सिन्धुलीको छैठौं जिल्ला अधिवेशनले अधिकारकर्मी
नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सिन्धुलीको अध्यक्षमा बिमला मगर निर्वाचित
रेडियो सिन्धुलीगढी, २७ पुष २०८१, शनिबार । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सिन्धुलीको अध्यक्षमा बिमला रजन मगर निर्वाचित भएकी छन् । आज शनिवार
प्रतिकृया दिनुहोस