रोम विधान अनुमोदन गर्न माग गर्दै इन्सेकले बुझायो सिडिओ मार्फत प्रधानन्त्रीलाई ज्ञापनपत्र

radiosindhuligadhhi

रेडियो सिन्धुलीगढी,  ०४ साउँन २०८१, शुक्रबार ।

रोम विधान अनुमोदन गर्न माग गर्दै औपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागी रोम विधान अनुमोदनको माग गर्दै जिल्ला प्रतिनिधि नबीनबाबु अधिकारीले हिजो बिहिबार प्रमुख जिल्ला अधिकारी भरत खनालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउनु भएको हो । 

ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा दण्डहीनताको अन्त्य गरी पीडितहरूको न्याय सुनिश्चित गर्न राज्यसँग आग्रह गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान सन् १९९८ को जुलाई १७ देखि सम्मिलनका लागि खुला गरिएको थियो । यो विधान संसारका विभिन्न १ सय २४ राष्ट्रले अनुमोदन गरिसकेका छन् । दक्षिण एसियाका बङ्गलादेश, अफगानिस्तान, मालदिभ्सलगायत एसियाका १९ देशहरू रोम विधानको पक्ष राष्ट्र भइसकेका छन् । नेपाल भने हालसम्म अन्तराष्ट्रिय फौजदारी अदालत रोम विधानको पक्ष राष्ट्र भएको छैन ।

रोम विधानअन्तर्गत गठन भएको अन्तराष्ट्रिय फौजदारी अदालतले अन्तराष्ट्रिय कानुनद्धारा परिभाषित युद्ध अपराध, आम नरसंहार र मानवता विरुद्धको अपराध जस्ता गम्भिर अपराधमा संलग्न हुने व्यक्तिलाई जवाफदेहि बनाउँनुका साथै पीडितको न्याय सुनिश्चित गर्दछ । राज्यले दण्डहिनताको अन्त्य र मानव अधिकार संरक्षण र संवद्र्धनका लागी रोम विधानको अनुमोदन गर्न जरुरी रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

पुनःस्थापित प्रतिनिधिसभाले २०६३ साउन ९ गते नेपाल सरकारलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदन गर्न निर्देशनात्मक आदेश जारी गर्दै सर्वसम्मत रूपमा सङ्कल्प प्रस्ताव पारित गरेको तथ्य यस अवसरमा स्मरण गराउँदछौँ, ज्ञापन पत्रमा उल्लेख गरिएको छ । मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाका समयमा पटक पटक रोम विधान पारित गर्न प्राप्त भएका सुझावहरुको कार्यान्वयन गराउँन समेत  इन्सेकले सरकारको ध्यानाकर्षण गराएको छ ।

तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले २०६५ माघ २९ गते रोम विधान तत्काल अनुमोदन गर्नुपर्ने एजेण्डा तत्कालीन सरकारको क्याबिनेटमा प्रस्तुत गर्नु भएको पक्षलाई पनि पुनःस्मरण गर्दै नेपाल सरकारको तर्फबाट अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तर्राष्ट्रिय कानुनको सम्मान, प्रकट गर्न इन्सेक आग्रह गरेको छ ।

                                                                                                       ज्ञापनपत्र


                                                                                                                 

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

खोलाले बगाउँदा सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली । खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ७ दधिदमारका २८ बर्षीय ज्ञानबहादुर भोलन रहेका छन् । हिजो (आईतबार)

radiosindhuligadhhi

आगामी निर्वाचन सम्म एमाले र काँग्रेसको सत्ता समिकरण कायम रहने : बागमती प्रदेश इञ्चार्ज भट्टराई 

सिन्धुली । आगामी निर्वाचन २०८४ सम्म एमाले र काँग्रेसको सत्ता समिकरण कायम रहने नेकपा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले बताउँनु

radiosindhuligadhhi

सिन्धुलीमा लागु औषध सहित २ जना पक्राउ 

रेडियो सिन्धुलीगढी, ०३ भदौ २०८१, सोमबार ।  सिन्धुलीमा लागु औषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमलामाई नगरपालिका ७ बस्ने ३३ बर्षीय अम्मर