तीनपाटन गाउँपालिकाको १४ औँ गाउँसभा अधिवेशन सम्पन्न
रेडियो सिन्धुलीगढी, १० असार २०८१, सोमबार ।
सिन्धुली जिल्ला स्थित तीनपाटन गाउँपालिकाको १४ औँ गाउसभा अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरको अध्यक्षतामा सभा सञ्चालन भएको थियो । बागमती प्रदेशको गाउँ नगर जिल्ला सभा सञ्चालन कार्यविधि ऐन २०७५ बमोजिम गाउँसभाको १४ औँ अधिवेशन सञ्चालन गरिएको सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१।०८२ को ८१ करोड ५० लाख ३५ पैसा बराबरको अनुमानित कूल आय र व्यय गाउँपालिकाका उपाध्यक्ष धन बहादुर पुलामी (अशोक) ले प्रस्तुत गर्नुभएको थियो ।
तीनपाटन गाउँपालिकाको आगामी आर्थिक वर्षको लागि कृषि, पशुपक्षि, सहकारी र आन्तरिक आय, उद्यम सिप र रोजगार सामाजिक विकास क्षेत्र अन्तर्गत शिक्षा, स्वास्थ्य, आयुर्वेद, बहुक्षेत्रीय पोषण प्रवर्द्धन र सामाजिक सुरक्षा, खानेपानी र सरसफाइ, खेलकुद पूर्वाधार विकास क्षेत्र, वन वातावरण तथा विपद व्यवस्थापन, संथागत विकास तथा सेवा प्रवाह लगायत विभिन्न ८१ वटा विधाहरुलाई समेट्दै गाउँसभाको १४औँ अधिवेशनको पहिलो बैठक प्रारम्भ भएको जानकारी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरले जानकारी दिनुभयो । असार २१ गते विहान ११.०० बजेका लागि १४ औं गाउँ सभाको दोस्रो बैठक निर्धारण भएको छ ।
सिन्धुलीमा हायस दुर्घटना हुँदा १ जनाको मृत्यु
रेडियो सिन्धुलीगढी, ०४ माघ २०८१, शुक्रबार । सिन्धुलीको सुनकोसी गाउँपालिका ६ कानढुङ्ग्रीमा हायस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना
सिन्धुलीको भिमानबाट सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गरगहना बरामद
रेडियो सिन्धुलीगढी, १ माघ २०८१, मंगलबार । सिन्धुलीको भिमानबाट प्रहरीले सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गरगहना नियन्त्रणमा लिएको छ । हिजो
मानवअधिकार एलाइन्स सिन्धलीको अध्यक्षमा पुनः पौडेल निर्वाचित
रेडियो सिन्धुलीगढी, २८ पुष २०८१, आईतबार । मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) सिन्धुलीको छैठौं जिल्ला अधिवेशनले अधिकारकर्मी
प्रतिकृया दिनुहोस