सुनकोसी नदीमा हाम फालेका पुरुष बेपत्ता, खोजी कार्य जारी

रेडियो सिन्धुलीगढी, १ असार २०८१, शनिबार ।

सुनकोसी नदीमा हाम फालेरका एक जना बेपत्ता भएका छन् । जिल्लाको गोलन्जोर गाउँपालिकाका ७ खुर्कोट बजारबाट रामेछाप जाने नदीको पुलमाथीबाट हाम फाल्दा काठमाडौँ महानगरपालिका–६ बौद्धका विष्णु प्रसाद संग्रौला बेपत्ता भएका हुन् । उनी हिजो राती १० बजेको समयमा सुनकोसी नदीमा हाम फालेका थिए ।

संग्रौलाले सुनकोसीमा हाम फालेको देखेपछि स्थानीयले ईलाका प्रहरी कार्यालय खुर्कोटलाई जानकारी गराएपछि तत्काल प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनास्थलबाट बेपत्ता भएका संग्रौलाले बोकेको एक थान मोबाइल भेटिएको छ । उनी नदीमा हाम फाल्नुका कारण  भने खुलेको छैन । हाल उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
radiosindhuligadhhi

डकाहामा एमाले जरा अभियानको अभिमुखीकरण सम्पन्न

रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार । नेपाल कम्युनिष्ट पार्टी एमाले दुधौली नगर कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन

radiosindhuligadhhi

सिन्धुलीमा मोटरसाईकलमा ठोकिएर मृगको मृत्यु 

रेडियो सिन्धुलीगढी, २३ माघ २०८१, बुधबार ।  सिन्धुलीको कमलामाई नगरपालिका ७ बुका पुल नजिक हिजो मङ्गलवार  ६.५५ बजेको समयमा मोटरसाइकलसँग ठोकिदा एउटा

radiosindhuligadhhi

पोखरीमा डुबेर मरिण गाउँपालिकामा एक जनाको मृत्यु 

रेडियो सिन्धुलीगढी २३ माघ २०८१, बुधबार ।  सिन्धुलीको मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ५